घारीपाटनमा ट्याक्सीमाथि खस्यो स्कुल बस

समाधान संवाददाता २०८१ भदौ ७ गते १७:०६

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलकाे ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् ।

Advertisement

दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेकाे ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए । “माथिल्लो रोडबाट तल्लो रोडमा बस खसेको थियो । तीन ट्याक्सीलाई पनि झारेको थियो,” उनले भने । विद्यालय बिदा भएपछि विद्यार्थी लिएर आएको बस दुर्घटना भए पनि विद्यार्थीहरु भने सकुशल छन् ।

चालक गुरुङको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । उनले छातीमा ठोक्किएको बताएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । बसले ठक्कर दिँदा ग१ज २९३४, ग१ज २२४१ र ग१ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ ।

Advertisement

स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु र २८ जना घाइते भएको तीन सातापछि पोखरामा फेरि अर्काे स्कुल बस दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया