हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थाल्यो
समाधान संवाददाता
२०८१ भदौ ७ गते १९:०८

पोखरा ।
मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको शिरबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सीखोला बग्न थालेको छ ।
शुक्रबार दिउँसो धबलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो । हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो ।
हिमपहिरोका कारण थुनिएको बोक्सीखोला अहिले विस्तारै बग्न थालेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।
‘‘कोबाङ गाउँको माथि शिरमा रहेको धबलागिरी आइसफल नजिकबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सी खोला विस्तारै बग्न थालेको छ । खोला बग्न थालेका कारण कुनै ठूलो जोखिम देखिएको छैन,’’ उनले भने ।
जोखिम नभए पनि बोक्सीखोलाका तटीय वस्तीमा सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको उनले बताए ।
सम्बन्धित









पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया