गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव लैजान भारतले विशेष विमानको व्यवस्था गर्ने

पोखरा । भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ।
उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको हो।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले केन्द्रीय गृहमन्त्री अमित शाह र वरिष्ठ अधिकारीहरूलाई मृतकहरूको शव फिर्ता ल्याउने बारेमा कुरा गरेका थिए।
मुख्यमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा शाहले शव फिर्ता ल्याउन समन्वयका लागि विशेष अधिकारी नियुक्त गरिएको र भारतीय वायुसेनाको विशेष विमान प्रदान गरिने बताएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो।
घाइते १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएकाहरूको शव परीक्षण चितवनको भरतपुर अस्पतालमा सुरु गरिएको छ। परीक्षणपश्चात शव भारत पठाइनेछ।
एक्सप्रेसका अनुसार शव नेपालबाट उत्तर प्रदेशको गोरखपुर लगिनेछ । त्यसपछि वायुसेनाको विमानबाट नासिक ल्याइनेछ। त्यसपछि शव परिवारलाई हस्तान्तरण गरिनेछ।
विशेष विमानमा भारतका केन्द्रीय युवा मामिला तथा खेलकुदमन्त्री रक्षा खड्से पनि आउने बताइएको छ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया