तायामचा प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर र महिलातर्फ लामाचौर नेवाः खल प्रथम

पोखरा । गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको तायामचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर तायामचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् ।
नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुष १९ र महिला ९ गरी २८ समूहले भाग लिएका थिए ।
समिति अध्यक्ष योगेन्द्रमान बाटाजुका अनुसार पुरुषतर्फ रानीपौवा तायामचा नाच समिति दोस्रो, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तेस्रो र गैह्रापाटन नेवाः समाज सान्त्वना भए । महिलातर्फ समाज कल्याण नेवाः खल, राजाको चौतारो दोस्रो र रुपा देउराली नेवाः खल, रुपा गाउँपालिका तेस्रो भए ।
पुरुषतर्फ विजेताले ३ लाख, द्वितीयले २ लाख, तृतीयले १ लाख र सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कारका लागि हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनको छोराहरु पोखरा ३ निवासी रामकाजी, रवीन्द्र, शंकर र कवीन्द्र श्रेष्ठ परिवारले प्रायोजन गरेका थिए ।

प्रतियोगिता उदघाटन गर्र्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्कृति हस्तान्तरण र पुस्तान्तरण हुनु जरुरी रहेको बताए । महानगरले यसलाई नियमित गराउनका लागि वार्षिक विकास कार्यक्रममै ५ लाख रुपैयाँ विनियोजन गर्दै आएको जानकारी उनले गराए । पोखरा नेचर, कल्चर र एड्भेञ्चरको सहर भएकाले यहाँको मौलिक भाषा, साहित्य, संस्कृति जगेर्ना गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए । ‘मौलिक भाषा, साहित्य, संस्कृति पुर्खाको हजारौं वर्ष लामो त्याग तपस्या र मेहनतले बनेको छ,’ उनले भने, ‘यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा हाम्रो हेलचक्र्याइँ भइरहेको छ । महानगर सहकार्यमा सधैं तयार छ ।’
प्रतियोगिता सम्पादन समिति मूल संयोजक शम्भुलाल श्रेष्ठले पुर्खाले प्रचलनमा ल्याएको यस्ता सांस्कृतिक पर्वले सामाजिक सद्भाव, माया, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेर समाजलाई एकसूत्रमा बाँध्ने काम गरेको बताए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया