वियोगीको ‘फेवामा तैरिएको सिन्दूर’ लोकार्पित

पोखरा ।
छन्दकवि माधव वियोगीद्वारा रचित फेवामा तैरिएको सिन्दूर नामक कवितात्मक कथासंग्रहको शनिबार पोखरामा लोकार्पण भयो । कविवर मुकुन्दशरण उपाध्यायले सो कृतिको लोकार्पण गर्दै छन्द बचाऊँ अभियान सञ्चालन गरी छन्दको पुनर्जागृतिमा विशिष्ट भूमिका खेल्ने वियोगीले छन्दलाई कथा लेखनमा समेत प्रयोग गरेर महत्वपूर्ण कार्य गरेको बताए । सो अवसरमा संस्कृतिविद् डा. कुसुमाकर न्यौपानेले ढुंगाढुंगा र पातपातमा छन्द बचाऊँ लेख्दै र प्रशिक्षण दिदैं सफलताको शिखरमा चढेका वियोगी लेखनमा नयाँ प्रयोग गर्न खप्पिस रहेको बताए ।
उक्त कृतिको समीक्षा प्रस्तुत गर्दै डा. जगन्नाथ रेग्मीले फेवामा तैरिएको सिन्दूर नेपाली साहित्यमा कवितात्मक शैलीमा लेखिएको नयाँ प्रथम कथासंग्रह भएको दाबी गर्दै संग्रहका सबै कथाले सामाजिक विषय उठान गर्दै आदर्श समाज निर्माणमा जोड दिएको जनाए ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा कृतिका स्रष्टा छन्दनायक वियोगीले छन्दको व्यापकताका लागि आफूले कवितामा कथा लेखेको बताए । यो उनको ३६ औं कृति हो । संग्रहभित्रको जीवनको आत्महत्या शीर्षकको कथालाई पृष्ठ विभाजन गरी जिज्ञाशु सापकोटा, शुभ शर्मा, आर्या त्रिपाठी, अव्यग्र अस्मित, तारानाथ पराजुली र गायत्री पराजुलीले वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष नवराज बरालको सभापतित्वमा भएको सो कार्यक्रमा उपाध्यक्ष छन्दमणि त्रिपाठीले गरेका थिए भने सञ्चालन सचिव शिव त्रिपाठीले गरेका थिए ।








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया