पोखरा वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ ले गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । वडा कार्यालयले गत आर्थिक वर्षमा ७९.४९ प्रतिशत बजेट खर्च गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको २ करोड ३४ लाख ७७ हजार बजेटमध्ये ७९.४९ प्रतिशत बजेट खर्च भएको वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनका अनुसार महानगरबाट आउनुपर्ने बजेट निकासा बाँकी हुँदा बजेट खर्च ८० प्रतिशतभन्दा बढी हुन नसकेको हो । वडा नम्बर ५ ले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बरालले महानगरबाट बजेट निकासा बाँकी हुँदा बजेट खर्च कम भएको तर्क गरे ।
उनले महानगरबाट १ करोड ९० लाख रुपैयाँमात्र निकासा भएको उल्लेख गरे । महानगरकै कारण सम्पन्न भएका योजनाको भुक्तानीसमेत रोकिएको उनको दाबी छ । ‘काम शतप्रतिशत भएको छ । तर, महानगरबाट आउनुपर्ने बजेट नआएको हुँदा काम सकिएको भए पनि भुक्तानी बाँकी भएको कारणले ७९ प्रतिशतमात्रै बजेट खर्च देखिएको हो,’ उनले भने ।
गत आर्थिक वर्षमा वडाबाट २३ योजनामध्ये १८ वटा सम्पन्न भएको, २ योजना कार्यान्वयन हुन नसकेको र ३ वटा योजना कार्यसम्पन्न भएपनि भुक्तानी हुन नसकेको वडाध्यक्ष बरालले बताए ।
वडा कार्यालयले गत आर्थिक वर्षमा २ करोड ५३ लाख १८ हजार ७२४ राजस्व संकलन गर्न सफल भएको छ । नगदीतर्फ १ करोड २९ लाख ३२ हजार २ सय ५४ र मालपोत तथा सम्पत्ति करबाट १ करोड २३ लाख ८७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको वडासचिव लक्ष्मण शर्माले जानकारी दिए ।
सार्वजनिक सुनवाइ कार्यक्रममा लेखराज पोखरेलले वडा कार्यालयले गरेको काम सकारात्मक रहेको बताए । उनले सार्वजनिक स्थलमा हुने मद्यपान तथा धूमपान प्रयोगलाई रोक्न कसैले चासो नदिएको आरोप लगाए । स्थानीय शुभद्रा कोइरालाले मठ, मन्दिर पानी ट्यांकीलाई वडा कार्यालयका कुनै पनि सहयोग नभएको गुनासो गरिन् ।
वडाध्यक्ष विष्णुप्रसाद बरालले आफूले निर्वाचनको बेलामा गरेको प्रतिवद्धता पत्र अहिले पनि डायरीमा बोकेर हिँड्ने गरेको बताए । सार्वजनिक सुनुवाइबाट जनताका आवश्यकता अझै धेरै रहेको थाहा भएको उल्लेख गर्दै उनले ती आवश्यकता पूरा गर्न बाँकी कार्यकालमा पहल गर्ने आश्वासन दिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया