पाल्पामा भारतीय कार दुर्घटना हुँदा २८ वर्षे चालकको मृत्यु जनाको मृत्यु

समाधान संवाददाता २०८१ भदौ १० गते ८:४१
सांकेतिक तस्बिर

पाल्पा । पाल्पामा आइतबार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ ।

Advertisement

रानिमहल जाँदै गरेको युपी१४डिएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको हो ।

Advertisement

गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरु तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया