विद्यार्थी कोचेर चढाउने १७ स्कुल बसका चालकलाई कारवाही

समाधान संवाददाता २०८१ भदौ ११ गते २०:१०

पोखरा । सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गाडी चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गरेको छ । मंगलबार बिहान साढे ८ बजेदेखि बेलुका साढे ५ बजेसम्म जिल्ला प्रहरी र ट्राफिकको टोलीले २ सय २३ वटा स्कुल बसलाई चेकजाँच गरेको हो ।

Advertisement

पोखराका विभिन्न वडामा छरिएर प्रहरीको टोलीले चेकजाँच गर्दा क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ वटा गाडी कारवाहीमा परेका हुन् । नियम उल्लंघन गर्ने बसका चालकलाई ट्राफिक नियम अनुसार कारवाहीका साथै सम्झाइ बुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विद्यालय जाने र फर्कने बेलामा स्कुल बस तीब्र गतिमा गुडाउनुका साथै कोचाकोच गरेर विद्यार्थी राख्ने गरेको छन् ।

Advertisement

तीव्र गतिमा गाडी चलाएका कारण २ साता अघि कास्कीकै कृस्तिमा स्कुल बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।

गाडी चालकभन्दा पनि स्कुल सञ्चालकलाई कारवाही गर्न सरोकारवालाहरुले माग गरेका छन् । विद्यालय सञ्चालककै निर्देशमा चालकहरु क्षमताभन्दा बढी विद्यार्थी चढाउन वाध्य भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया