भजन चुड्का प्रतियोगितामा देवीस्थान पहिलो

पोखरा ।
राधाकृष्ण सांस्कृतिक समूह पोखरा ३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं खुला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम बनेको छ । प्रतियोगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बने ।
प्रतियोगितामा उत्कृष्ट वाद्यवादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभूषामा मातृकेश्वर भजन समूह हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह उत्कृष्ट ठहरिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट वाद्यवादन र उत्कृष्ट भेषभूषाबापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वरवापत तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका ५ प्रस्तुति देखाइएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मौलिक संस्कृतिको जगेर्ना गर्नुुपर्नेमा जोड दिए । राधाकृष्ण मन्दिर परिसर नजिकै भइरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उनले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताए । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रममात्र नभई अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का ‘बिखर्ची’ले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताए ।
समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव भरत थापा, सदस्य विनोद भण्डारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोलेका थिए । समारोहमा छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया