सहारा विद्यालयमा दन्त शिविर

पोखरा ।
पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा चार दिने निःशुल्क दन्त शिविरको शुभारम्भ भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ सञ्चालन हुने कार्यक्रमको समन्वय पोखरा महानगरपालिका सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९, ले गरेको छ ।
लगातार ४ दिनसम्म चल्ने सो कार्यक्रमको उद्घाटनका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा नेलम्बो नेपाल मार्फत दन्त शिविर सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गर्दै स्वागत मन्तव्य व्यक्त गरिन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, विव्यस पदाधिकारीहरुलाई लक्षित गरि राखिएको कार्यक्रममा विद्यालयका सल्लाहकार विष्णु सुवेदी र सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले मन्तव्य राखेका थिए ।
कार्यक्रमका विशेष अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले शिविरमा निशुल्क रूपमा दाँतको परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, गिँजाको उपचार मुख र कान सम्बन्धी सचेतना प्रदान गरिने बताए ।
सोही क्रममा अध्यक्ष देवकोटाले शिविर सञ्चालनको एक महिना पश्चात पुनः फलोअप कार्यक्रम समेत राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर ९, का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कक्षा ८ मा अध्ययनरत छात्रा मेनुका तामाङलाई ओपिडी नोट हस्तान्तरण गरी शिविर शुभारम्भ गरेका थए ।
सोही क्रममा बोल्दै मर्सानीले स्थानीय तहले पनि अब विद्यालयका वालबालिकाहरुको स्वास्थ्यमा चासो व्यक्त गर्दै यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले निः शुल्क रुपमा सम्पूर्ण सेवा प्रदान गर्ने कार्यक्रम प्रति निकै खुसी व्यक्त गरे ।
तपाईको प्रतिक्रिया