मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बा श्री

पोखरा । मदन पुरस्कार २०८० पत्रकार एवम् लेखक मोहन मैनालीले लेखेको पुस्तक ‘मुकाम रणमैदान’ लाई प्रदान गरिने भएको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार २०८० बाट ‘मुकाम रणमैदान’का लागि मोहन मैनालीई सम्मान गर्ने निर्णय गरेको हो।
त्यसैगरी जगदम्बा श्री २०८० बाट प्राडा योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ। दुवै पुरस्कारको राशि ४ लाख रुपैयाँ छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा श्री प्रदान गर्ने निर्णय भएको हो ।
‘मुकाम रणमैदान’का लागि मदन पुरस्कार जितेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।
गुठीले यसअघि उत्कृष्ट ५ सूची सार्वजनिक गरेको थियो । जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप ९कथासंग्रह०, जीवन क्षेत्रीको नुन तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो।
गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायण गोपाल सम्मानित भएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया