डिएसपी पाण्डेयलाई सम्मानसहित बिदाई

जोमसोम—मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी भोजराज पाण्डेयलाई सम्मानसहित बिदाई गरिएको छ । डिएसपी पाण्डेय आफ्नो ३० वर्षीय सेवा अवधि पुरा गरी आईतबारदेखि सेवा निबृत्त हुदै हुनुहुन्छ । यसैक्रममा जिल्ला सुरक्षा समिति मुस्ताङले शनिबार एक कार्यक्रम गरी डिएसपी पाण्डेयले स—सम्मान बिदाई गरिएको हो ।
सेवा निबृत्त हुने क्रममा रहनु भएका डिएसपी पाण्डेलाई जिल्ला प्रशासन कार्यालयको हातामा जिल्ला सुरक्षा समितिले सम्मानसहित बिदाई गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । मुस्ताङ जिल्लाको एक वर्षीय कार्यअवधिमा शान्ति सुरक्षा, एवं अपराध नियन्त्रण,विप्द् व्यवस्थापन,विकास आयोजनामा समन्वय र सहजीकरण तथा नागरिक मैत्री र व्यवसायिक प्रहरी प्रशासन संञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै डिएसपी पाण्डेयलाई जिल्ला सुरक्षा समितले प्रमाणपत्रसहित सम्मान गरिएको हो । सेवा निबृत्त पाण्डेयलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले करुवा र नेपाली सेनाले जोमसोमको कोशेली लेखिएको एक थान गलैचा मायाको चिनो स्वरुप प्रदान गरेको छ ।
सम्मान तथा बिदाई कार्यक्रममा जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ जनकराज पन्तसहित सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदी,नेपाली सेना,एपिएफ,प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख एवं प्रतिनिधि, नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली लगायतका प्रशासन कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सम्मानसहितको बिदाई कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाको शान्ति सुरक्षा तथा अन्य कार्यहरुमा उत्कृष्ट कार्यसम्पादन गरेको बताए । डिएसपी पाण्डेय नेतृत्वको प्रहरी निकाय र प्रशासन कार्यालयबीच गरिने विविध कार्यसम्पादनमा राम्रो सहकार्य बनेको भन्दै प्रजिअ पन्तले प्रशंसा गरे । सेवा निबृत्त हुँदै गरेका डिएसपी पाण्डेयले राज्यले सुम्पिएको कार्यभारलाई आफुलाई ईमान्दारिताका साथ निर्वाह गरेको बताए । कानुन कार्यान्वयन तथा नागरिक सेचतना र विपद् व्यवस्थापन र विपद् न्यूनिकरणमा प्रशासनको छातामा बसेर प्रहरीले उल्लेखनीय दायित्व निर्वाह गरेको जनाए ।
बिदाई तथा सम्मान कार्यक्रममा नारायण दल गणका मेजर विशाल थापाले डिएसपी पाण्डेयलाई सेवा निबृत्त जिवन सफल र सुखमय रहोस भन्ने कामना गरे ।
सम्मान तथा बिदाई कार्यक्रममा डिएसपी पाण्डेयलाई प्रजिअ पन्तसहित जिल्ला सुरक्षा समितिको टोलीले टिका र खाँदा लगाएको सम्मानसहित बिदाई गरेको छ ।
३० वर्षीय सेवा अवधि पुरा गरी सेवा निबृत्त हुँदै गरेका डिएसपी पाण्डेय मुस्ताङ बसाईको कार्यसम्पादनमा गण्डकी प्रदेश तथा प्रदेश प्रहरी कार्यालयबाट ३ पटक सम्मान भईसकेका छन् ।
तपाईको प्रतिक्रिया