५२ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:४५

पोखरा ।
रामकृष्ण टोल नेवा मिसा पुचः र बाल तथा महिला सशक्तीकरण सामाज नेपाल कास्कीको संयुक्त आयोजनामा शुक्रबार भएको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ ।

Advertisement


रामकृष्ण टोल नेवा मिसा पुचः अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा भएको कार्यक्रममा बाल तथा महिला सशक्तीकरण समाज नेपाल अध्यक्ष मिना लिगल, पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, कास्की जिल्ला मिसा पुचः अध्यक्ष संगीता बज्राचार्य, पोखरा ४ का वडा सदस्य पार्वती माकाजू, सहरी स्वास्थ्य केन्द्र प्रमुख सुजन पौडेल, अधिवक्ता भुवन पराजुली र सीता भटराई, पूर्व उपाध्यक्ष मोना गिरी, बाल तथा महिला सशक्तीकरण समाज उपाध्यक्ष इन्दिरा पराजुली, कार्यक्रम अधिकृत लक्ष्मी अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया