वातावरण

६ स्कुलका १८ बिद्यार्थीलाई हिमचितुवामा आधारित प्रयोगात्मक फिल्ड शिक्षा

हिमचितुवाको संरक्षण गरिनुपर्छ र यसलाई लोप हुन दिनु हुँदैन भन्ने ज्ञान

सुन्दरकुमार थकाली २०८१ भदौ १७ गते ८:४१

जोमसोम—मुस्ताङका हिमाली उच्चलेंकमा सामुदायिक विद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई हिमचितुवामा आधारित संरक्षण सम्वन्धि प्रयोगात्मक फिल्ड शिक्षा दिईएको छ । टेका समुह नेपालको आयोजना तथा स्नो लियोपार्ट कन्जरभेन्सी (अमेरिका) अन्र्तगत डा. रड्नी ज्याक्सनको आर्थिक तथा प्राविधिक सहयोगमा मुस्ताङका हिमचितुवाको बासस्थान रहने उच्चलेंकमा बिद्यार्थीहरुलाई हिमचितुवा संरक्षण संम्वन्धि स्थलगत फिल्ड प्रयोगात्मक अभ्यास गराइएको हो ।


हिमचितुवाको संरक्षणका लागि विद्यार्थीहरुले विद्यालयमा ज्ञान आर्जन गरिरहेको हिमचितुवा संंरक्षण सम्वन्धि सैद्धान्तिक शिक्षालाई सैद्धान्तिक शिक्षालाई सरल र सहज रुपमा बुझन र थाहापाउन सकुन् भन्ने उद्देश्यसहित टेका समुह नेपाल नामक संस्थाले यसप्रकारका कार्यक्रम लिएर मुस्ताङ आएको हो । टोलीमा टेका समुह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारी, संरक्षण कार्यक्रम अधिकृत रोजिना घिमिरे र प्रशिक्षक दिनेश गौतम लगायतको टोली मुस्ताङ आएको हो । टोलीले मुस्ताङका कुल ६ वटा बिद्यालयका १८ जना बिद्यार्थी र ६ जना संरक्षण शिक्षकलाई समावेश गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पर्ने थोरङपास क्षेत्र र वारागुङ—२ छेङ्गुर लगायतका स्थानमा हिमचितुवामा आधारित स्थलगत प्रयोगात्मक अभ्यास गराएको हो ।

बिद्यालयहरुबाट कक्षागत (६,७,८)मा पढ्ने एकएक जना र प्रत्येक बिद्यालयका एकएक जना संरक्षण शिक्षकको प्रतिनिधित्व रहने गरी हिमचितुवाको बासस्थान रहने क्षेत्रमा प्रयोगात्मक अभ्यास गराईएको कार्यकारी निर्देशक अधिकारीले खुलाए ।

Advertisement

हिमचितुवामा आधारित संरक्षण शिक्षाका ३ वटा सन्र्दभ पुस्तक सामुदायिक विद्यालयमा कक्षा ६,७ र ८ मा वर्षभरी पठनपाठन हुनेगर्छ । तिनै पुस्तकलाई सिद्धान्तिक रुपमा मात्रै विद्यार्थीहरुले सतही रुपमा हिमचितुवामा आधारित सम्पूर्ण ज्ञान प्राप्त हुन नसक्ने भएकाले हिमचितुवा शिक्षा पढिरहेका बिद्यार्थीहरुलाई यसप्रकारको स्थलगत हिमचितुवामा आधारित प्रयोगात्मक अभ्यास गराईएको टेका समुह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारीले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र स्थित उच्चलेंकमा गराईएको हिमचितुवामा आधारित प्रयोगात्मक अभ्यासले बिद्यार्थीहरुको हिमचितुवा संम्वन्धि सिकाई अभ्यासमा महत्वपूर्ण योगदान पुगेको कार्यकारी निर्देशक अधिकारीको भनाई छ ।


मुस्ताङका ३ स्थानीय तहका ६ वटा सामुदायिक बिद्यालयहरुबाट कक्षागत (६,७,८)मा पढ्ने एकएक जना र प्रत्येक बिद्यालयका एकएक जना संरक्षण शिक्षकको प्रतिनिधित्व रहने गरी हिमचितुवाको बासस्थान रहने क्षेत्रमा प्रयोगात्मक अभ्यास गराईएको कार्यकारी निर्देशक अधिकारीले खुलाए । शुक्रबार र शनिबार यहाँका बिद्यार्थीहरुलाई सम्वन्धित स्थानमै लगेर हिमचितुवासंग सम्वन्धित विभिन्न क्रियाकलाप गरिएको कार्यकारी निर्देशक अधिकारीले उल्लेख गरे ।

Advertisement

हिमचितुवासंग सम्वन्धित प्रयोगाम्तक अभ्यासका क्रममा हिमचितुवाको अनुगमनमा प्रयोग हुुने उपकरण, हिमचितुवाको मुख्य आहारा नाउरको अवलोकन,क्यामेरा ट्यापिङ र हिमचितुवा सम्वन्धि सडक नाटक सम्वन्धि प्रयोगात्मक प्रशिक्षण दिईएको थियो । यस्तै, संरक्षण शिक्षा पढ्दै गरेका बिद्यार्थीहरुलाई सम्वन्धित स्थानमै हिमचितुवा सम्वन्धि चित्रकला तालिम,हिमचितुवाको बाँसस्थानको बैज्ञानिक अवस्थाबारे अभिमुखिकरण तथा हिमचितुवा संम्वन्धि कथा,कविता,नाटक र खेलकुद लगायतको प्रयोगात्मक अभ्यास गराईएको संरक्षण कार्यक्रम अधिकृत रोजिना घिमिरेले जानकारी दिईन् । हिमचितुवामा आधारित विभिन्न सन्र्दभ सामाग्रीको प्रदर्शनी गरिएको उनले बताईन् ।


जनहित माध्यमिक बिद्यालयका संरक्षण शिक्षा पढाउने शिक्षक भेषराज बास्तोले बिद्यालयको कक्षा ६,७ र ८ मा पठन÷पाठन हुने हिमचितुवामा आधारित सैद्धान्तिक शिक्षालाई व्यवहारिक रुपमा नजिकबाट बुझ्न र सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन हिमचितुवामा आधारित प्रयोगाम्तक शिक्षाले महत्वपूर्ण टेवा पू¥याउने बताए । समुदायमा आधारित हिमचितुवा संरक्षण शिक्षासंग सम्वन्धित रहेर बिद्यर्थीले पाठ्यपुस्तक पढ्ने गरेका थिए, पाठ्यपुस्तकमा पढेका कुरालाई प्रयोगात्मक रुपमा बुझाउन जरुरी थियो,’संरक्षण शिक्षक बास्तोलाले भने,‘ हिमचितुवाको महत्व र यसको गाम्भिर्यता नजिकबाट बुझने र जान्ने अवसर पाए,हिमचितुवाको अध्ययन अनुसन्धानको प्रयोगाम्तक अध्भासले उपकरण मार्फत धेरै कुरा जान्ने अवसर मिल्यो ।’ संरक्षण शिक्षक बास्तोलाले हिमचितुवाको अध्ययन र अनुसन्धानको अभ्यासले बिद्यार्थीको हिमचितुवाको बिषयमा धेरै कुरा थाहा पाउने अवसर मिलेको उल्लेख गरे । हिमचितुवाको संरक्षण गरिनुपर्छ र यसलाई लोप हुन दिनु हुँदैन भन्ने ज्ञान बिद्यार्थीले प्राप्त गरेको उनको भनाई छ ।


हिमचितुवामा आधारित प्रयोगाम्तक अभ्यासपछि बिद्यार्थीले समुदाय स्तरमा हिमचितुवाको महत्व र यसले प्रदान गर्ने वातावरणीय सन्तुलन (ईको सिस्टम)को सार्थकता पू¥याउन सक्ने अपेक्षा गरिएको छ । प्रयोगाम्तक अभ्यासले हिमचितुवाको आहारा प्रजाती, यसको ग्रास लाईन र पारिस्थितकी प्रणालीका बारेमा धेरै कुरा थाहा पाउने अवसर प्राप्त गरेको टेका समुह नेपालका फिल्ड कोअर्डिनेटर एवं संरक्षण अभियान्ता निरज थकालीले जानकारी दिए । जलवायु परिवर्तनको असरले दुर्लभ अवस्थाका लोपोन्मुख हिमचितुवा संकटमा पर्न थालेकाले यसको अनुकुलनका विकल्प अवलम्वन गर्दे हिमचितुवा संरक्षणमा जोड दिनुपर्ने उनको भनाई छ । समुदाय स्तरमा हिमचितुवा र मानवबिचको द्धन्द बिद्यमान रहेको उल्लेख गर्दै संरक्षण अभियान्ता थकालीले हिमचितुवाको संरक्षणका लागि समुदाय स्तरमा जनचेतना फैलाउनु पर्ने बताए ।


समून्द्री सतहको ३ हजार मिटरदेखि ५ हजार ५ सय मिटर अग्लो हिमाली क्षेत्रमा बाँसस्थान बनाएर बस्ने हिमचितुवाले जलवायु परिवर्तन न्यूनिकरण तथा पारिस्थितिक प्रणाली (ईको सिस्टम)लाई सन्तुलनमा राख्न टेवा पू¥याउने महत्वपूर्ण हिमाली वन्यजन्तु हो । जैविक विविधता मध्येकै सबैभन्दा अग्रस्थान र महत्वपूर्ण मानिदै आईरहेको हिमालकी रानी हिमचितुवा लोपोन्मुख अवस्था छ । जलवायुका कारण हिमचितुवाका आहारा प्रजातीहरु घाँस र पानी खोज्दै बस्ती नजिक झर्ने गरेका छन् । यसैको कारण हिमचितुवाले आफ्नो आहारा पछ्याउँदै जाने क्रममा कतिपय अवस्थामा हिमचितुवा बस्ती र राजमार्ग सडकमै देखा पर्ने गरेका हुन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया