गण्डकी सरकारलाई पुर्णता
नवनियुक्त मन्त्रीहरुको सपथ अन्यौल, प्रदेश प्रमुखकोमा पत्र पुगेकै छैन

पोखरा ।
गण्डकी सरकारमा सहभागी हुने एमाले सांसदहरुकाे नाम सार्वजनिक भए पनि सपथ कति वेला हुने अझै अन्यौल छ । एमालेका सांसदहरुलाई १ बजे पर्यटन बोर्डको कार्यालयमा सपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै निमन्त्रणा पठाइएको भए पनि प्रदेश प्रमुखकोमा मन्त्री नियुक्त गरिएकाे पत्र अहिलेसम्म पुगेकै छैन् ।
मन्त्रीहरुलाई प्रदेश प्रमुखले सथप ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख कार्यालय श्रोतका अनुसार यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा मन्त्री नियुक्त भएकाे पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छैन् ।
पत्र पाएपछि पनि सपथ ग्रहणको तयारीका लागि कम्तिमा ३ घण्टाको समय आवश्यक पर्छ । त्यसैले एमाले सांसदहरुलाई निम्ता गए अनुसार १ बजे नै सपथ ग्रहण हुने सम्भावना न्यून छ ।
एमालेका तर्फबाट गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्री बन्दै छन् । मन्त्री बन्नेहरुको नामावली संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइसकेका छन् ।
एमालेबाट कास्कीका प्रकाश केसी, बाग्लुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसी मन्त्री बन्दै छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया