
जोमसोम ।
मुस्ताङको आधा शताब्दी पुरानो गौरवमय बहुप्रतिष्ठित ५१ औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता आगामी असोज ५ गतेदखि ८ गतेसम्म मुस्ताङको मार्फामा सञ्चालन हुने भएको छ । थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
हिमाली जिल्ला मुस्ताङको आधा शताब्दी पुरानो इतिहास बोकेको थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता प्रतिष्ठित खेलकुद प्रतियोगिता हो । संघका अध्यक्ष कृष्णकुमार शेरचनको अध्यक्षतामा बसेको थाक खेलकुद प्रतियोगिताको पूर्वतयारी बैठकले ५१ औ संस्करणको थाक खेलकुद तथा च्याम्पिनसीप प्रतियोगिता मार्फामा गर्ने निर्णय गरेको हो ।
कोभिड महामारीका कारण लगातार स्थगित रहेको ५० औं संस्करणको थाक खेलकुद प्रतियोगिता २०७९ असोजमा मुस्ताङको थासाङ ५ ताक्लुङमा गरेको थियो । त्यस समय संघले आफ्नो ५० औं वर्ष पूरा गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती भव्यताका साथ मनाएको थियो ।
संघको नेतृत्व परिवर्तनपछि विविध कारणले २०८० सालमा थाक खेलकुद तथा च्याम्पियनसीप हुन सकेन । यस पटक भने संघले विभिन्न अवरोध र चुनौतीलाई पन्छ्याएर गौरवशाली ५१ औं संस्करणको थाक खेलकुदलाई निरन्तरता दिने निर्णय गरेको हो । ५१ औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता २०८१ का लागि साबिक खेलकुद तथा सांस्कृतिक विधालाई परिमार्जनसहित प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको संघका सचिव विष्णु थकालीले जानकारी दिए ।
थाक खेलकुद तथा च्याम्पियनसीपमा पहिलो पटक ४० वर्ष उमेर कटेका खेलाडीलाई सहभागी गराउने गरी परम्परागत सादा धनुष तारा खेल प्रतियोगिता समावेश गरिएको संघका सचिव थकालीले उल्लेख गरे । यसअघिको संस्करणमा आयोजना हुँदै आएको मिस मुस्ताङ प्रतियोगिता र गायन प्रतियोगिता थाक च्याम्पियनसीपबाट हटाइएको संघका सचिव थकालीको भनाइ छ ।
थाक खेलकुद तथा च्याम्पियनसीपमा पुरुष भलिबल च्याम्पियनले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउने
संघले यस वर्षदेखि थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ । पुरुष भलिबलको च्याम्पियनले नगद १ लाख ५० हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद १ लाख पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोउत्कृट लिफ्टर र सर्वोत्कृष्ट लिब्रोलाई जनही नगद ३ हजारका दरले मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । महिला भलिबललाइ जो कोही पनि टिम बनाएर खेल्न पाउने गरी खुला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी संघले गरेको हो ।
खुला महिला भलिबलको च्याम्पियनले नगद १ लाख र उपविजेताले नगद ७५ हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । ४० वर्ष कटेका तारा प्रतियोगिताको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजार पुरस्कारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको हो ।
खुला आधुनिक आर्चरी प्रतियोगितातर्फको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । थाक च्याम्पियनसीप अन्तर्गत आयोजना हुने नृत्य प्रतियोगिताको प्रथमले नगद ३५ हजार र दोस्रो हुनेले नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघको मुख्य आयोजना तथा मिलिजुली युवा क्लब मार्फाको सहआयोजनामा हुने ५१ औं थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता २०८१ मा जोमसोम र स्याङसहित ६ टिमको सहभागिता रहने भएको छ ।
जोमसोम र स्याङले थाक खेलकुद तथा च्याम्पियनसीपमा सहभागी नहुने पक्का भएको छ । जिल्लाको आन्तरिक खेलकुदको विकास तथा संरक्षण एवं स्थानीय धर्म, संस्कृति संरक्षणका लागि संघले च्याम्पियनसीप अन्र्तगत विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया