गगन नेवाः खलको तायमचामा राजाको चौतारा प्रथम
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित तल्लोगगनगाैंडा बजारमा शनिबार सातौं लेखनाथ स्तरीय तायाः मचा नृत्य प्रतियोगिता एवं गाईजात्रा महोत्सव –२०८१ सम्पन्न भएको छ ।
लेखनाथ नेवाः खलको आह्वानमा तथा गगन नेवा खलः द्वारा आयोजित सम्पन्न प्रतियोगतिामा ९ टोलीको सहभागतिा थियो । प्रतियोगितमा समाज कल्याण नेवाः खल पोखरा ३२, राजाको चौतारा प्रथम भएको छ । शिशुवा नेवाः खल पोखरा– ३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो, तथा मिलिजुली नेवा खल पोखरा ३३, बागमाराले सान्त्वना स्थान हाँसिल गरेको छ ।
प्रतियोगितमा प्रथम हुने समूहले नगद ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने समूहले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा भीमसेन नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ परी नृत्यले सर्वोत्कृष्ट उपाधि जितेकी छन् । भेषभुषामा समाज कल्याण नेवाः खल पोखरा ३२, राजाको चौतारा सर्वोत्कृष्ट घोषित भएको छ । रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठले सर्वोत्कृष्ट जोकरको पुरस्कार जितेकी छन् ।
कार्यक्रममा स्थानीय क्षेत्रका अन्तर्राष्ट्रिय पदक विजेता भलिबल खेलाडी बलबहादुर श्रेष्ठ, इमबहादुर राना मगर विशाल गर्बुजा, अभिशेक डिङबुङ, तारा केसी र पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, कास्की नेवाः खलका अध्यक्ष अशोक पालिखे लगायत विभिन्न व्यत्तित्वलाई सम्मान गरिएको थियो ।
बिजेता तथा उप–विजेता टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक गगन नेवाः खलका अध्यक्ष लीलबहादुर श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया