हुलाक निर्देशनालयको वार्षिक समीक्षा

समाधान संवाददाता २०८१ भदौ १७ गते १६:४४

पोखरा ।
हुलाक निर्देशनालय पोखराको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । निर्देशनालय पोखरा मातहतका १६ जिल्ला हुलाक कार्यालय र इलाका कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागीतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement


कार्यक्रममा आफ्नो मातहतका कार्यालयहरूको प्रगति, समिक्षा तथा हुलाक कार्यदिशा विषयक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए ।


कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगति विवरण प्रस्तुत गरिएको उनले जानकारी दिए । यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो ।

Advertisement


कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको हुलाक निर्देशक पौडेलले जानकारी दिए ।


कार्यक्रममा सहभागीले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए । यस्तै तत्कालीन समयमा हुलाकले सूचना र खबर आदनप्रदानमा पुर्‍याएको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया