पोखरा उद्योग वाणिज्य संघमा ६ जना निर्विरोध

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भएका हुन् ।
निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । सोमबार दाबी विरोधको समय दिइएको थियो । ती पदमा उनीहरुको मात्रै उम्मेदवारी परेको छ । सोमबार दाबी विरोध पनि परेन । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
बुद्धाचार्य, बास्तोला, गौतम र श्रेष्ठले उम्मेदवारी दिएका पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वाभाविक रुपमा निर्विरोध भएका छन् । तर निर्वाचन समितिले भने आधिकारिक घोषणा गरेको छैन । उम्मेदवारी फिर्ताको समय बाँकी नै रहेको हुँदा उसले आधिकारिक घोषणा गर्न नमिलेको हो । कर्पाेरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका छन् ।
अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा निर्वाचन हुँदैछ । वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीप प्रधानांगले उम्मेदवारी दिएका छन् ।
एक औद्योगिक सदस्यमा पनि एकनारायण गौतमको उम्मेदवारी परेको छ । ४ जना वस्तुगत सदस्यका लागि भने ७ जना प्रतिस्पर्धी हुने भएका छन् । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जनाले चाहना राखेका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका हुन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया