मन्त्री मनाङेले दिए राजीनामा दिए, मुख्यमन्त्रीले गरे स्वीकृत

पोखरा ।
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ऊर्फ दीपक मनाङेले राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले सोमबार मन्त्रिपरिषदमा हेरफेर र विस्तार गरेका थिए । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो ।
पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद हेरफेर गरेका हुन् । तर मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाए । उनको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेका छन् ।
वन मन्त्रालयमा प्रदेशलाई कुनै पनि अधिकार नरहेको उनको भनाई छ । ‘वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ ।’ कांग्रेसबाट मुख्यमन्त्री रहेका पाण्डेले विगतमा असहज परिस्थितिमा साथ दिएको भन्दै मनाङेलाई समेट्नकै लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
मन्त्री मनाङेले भने प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताएका छन् । उनले आफू गाडी र डेरा पाउनकै लागि मात्रै मन्त्री नभएको दाबी गरे । ‘मेरो घर छ । गाडी छ । मलाई मन्त्रीको गाडी चढ्न रहर लागेर मन्त्री भएको होइन,’ उनले भने, ‘विगतमा अफ्ठ्यारो परिस्थितिमा साथ दिँदा उहाँहरूले मलाई मन्त्री बनाउनुभयो । अहिले म मन्त्री नभएपनि केही अफ्ठयारो छैन । बरू यही ठाउँ कोही युवालाई दिए हुन्छ ।’









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया