यातायात कार्यालयमा हेल्प डेस्क राखिने
समाधान संवाददाता
२०८१ भदौ १८ गते १०:४२
पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । सोमबार शपथपछि पदभार ग्रहण गर्दै उनले हेल्प डेस्क स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् ।
प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक/एक गरी ५ यातायात व्यवस्था कार्यालय छन् । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योल हुने भएकाले हेल्प डेस्क जरुरी भएको मन्त्री केसीको भनाइ छ । अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी जस्ता काममा नजाने उनको वाचा छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया