रहेनन् वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ
समाधान संवाददाता
२०८१ भदौ १८ गते १२:००

पोखरा ।
वरिष्ठ अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसका पूर्व सहप्राध्यापक कृष्ण गुरुङको निधन भएको छ । लामो समयदेखि बिरामी उनको उपचारकै क्रममा सोमबार राति पोखराको चरक अस्पतालमा निधन भएको हो ।
हिमालय आँखा अस्पताल चलाइरहेको नेपाल नेत्रज्योति संघ गण्डकीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा आवद्ध रही समाजसेवमा पनि सक्रिय थिए । कास्कीको माछापुच्छ्रे गाउँपालिका पुर्ख्यौली घर भई श्रीमतीसहित पोखरा दीपमा बस्दै आएका गुरुङका छोरीहरु बेलायत बस्छन् । उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया