संघीय शासन प्रणालीको सबलीकरण विषयमा छलफल

पोखरा ।
पोखरामा मंगलबार संघीय शासन प्रणालीको सबलीकरण विषयक छलफल कार्यक्रम भएको छ । गण्डकी प्रदेश सरकारको समन्वय र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजनामा कार्यक्रम भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता सबलीकरणका लागि शिर्षस्थ नेताहरुको मानसिकतामा परिवर्तन आउनुपर्ने बताए ।
पोखरामा राष्ट्रिय समन्वय परिषदको बैठक राखेर प्रधानमन्त्रीलाई समस्या सुनाउँदा समेत कार्यान्वयन हुन नसकेको उनले बताए ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संघीय संसदका पूर्व सांसद प्रकाश पन्थ र पार्वती रावलले संघीयता सबलीकरणमा तीन वटै तहको महत्त्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सुझाव र सल्लाहको अपेक्षा सहित आएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा खिमलाल देवकोटाले सहजिकरण गर्दै सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन संघ, प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने बताए ।
छलफलमा मन्त्री, पूर्व सांसद, राजनीतिक दलका नेता, सचिव, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागीता थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया