आदर्श स्कुलमा तीज गीत प्रतियोगिता
पोखरा ।
पोखरा महानगरपालिका १ बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा खुला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भयो । प्रतियोगितात्मक कार्यक्रममा जुनियरतर्फ कक्षा ३ का सबरिना मानन्धर, ओसल लुङगा, खुसी लुङगा, अन्जु फगामी, सल्मा विक र प्रकृति थापाको समूह प्रथम भयो ।
कक्षा २ का इशान अधिकारी, निश्मा आचार्य, सेजल पोखरेल, प्रमिशा क्षेत्री, युनिशा रिजाल र संगम गिरीको समूह द्वितीय भए । आधारभूत तहतर्फ कक्षा ५ का आशिष मन्डल, अंशुल कार्की, सुशान्त परियार, सजाद अलाम र किसन मन्डलको समूहले प्रथम स्थान हासिल गरे भने कक्षा ४ का समृद्धि बादल, दीपशिखा सुनार, रितिका राना मगर, तेजिना विक करुणा गौतम र कृष जिसीको समूहले द्वितीय स्थान हासिल गरे।
माध्यमिक तहतर्फ कक्षा ७ र ६ का विद्यार्थीहरु क्रमशः सन्ध्या आचार्य, अपि अधिकारी, एन्जिला बास्तोला, सविज्ञा गिरी, प्रतीक्षा सुनार र निश्मा पाइजाको समूह प्रथम र कक्षा ९ का माधव त्रिपाठी, मनीष तामाङ, कुसुम राना मगर, स्नेहा सुनार, रश्मि कुमाल, अवान्तिका आचार्य, आश्मा सुनार र सृजना पुन मगरको समूहले द्वितीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १ की वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिकी सदस्य शोभा गुरुङले हरितालिका तीजको पावन अवसरमा विद्यार्थीहरुले आफ्नो अन्तर्निहित प्रतिभालाई तीजे गीतका माध्यमबाट प्रस्तुत गरेकोमा खुसी व्यक्त गरिन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा विद्यालयका सह प्राचार्य ज्ञानेश्वर सुवेदी, नृत्य शिक्षक एवं गण्डकी नृत्य निर्देशक संघ गण्डकी प्रदेशका अध्यक्ष धर्मेन्द्र पौडेल र पूर्वप्राथमिक तह प्रमुख राधा कार्की थिए ।
कार्यक्रममा विद्यालयका प्रशासक गोविन्द प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । गण्डकी फाउन्डेसनका अध्यक्ष कमलराज सापकोटाले पनि आफ्ना विचार व्यक्त गरेका थिए । विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त कार्यकलाप प्रमुख राजेश गौतम र सह प्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया