गण्डकीमा कर्मचारी कल्याण कोष बन्ने

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहने बताएका छन् । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरे पनि सबैले इमान्दारीका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ,’ उनले भने ।
निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिए पनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने उनले टिप्पणी गरे ।
मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटीप्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’ कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तत्र्रिmयामा सहभागी कर्मचारी संघ, संगठनले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो ।
जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको सुनाए । साथै, उनले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधनसहित सम्बोधन गरिने वाचा गरे ।
प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उनले प्रदेश भित्रका स्थानीय तहलाई पनि कोषमा सहभागी गराइने योजना सुनाए । कर्मचारी सरुवा र वृत्ति, विकासका सन्र्दभमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्न उनले अनुरोध गरे ।
प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधि र मन्त्रालयका सचिवहरु सहभागी थिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया