नवलपुरमा तरकारीको विषादी जाच्न प्रयोगशाला निर्माण

त्रिवेणी ।
नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।
कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रूपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिनेछ ।
थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने वरिष्ठ बाली विकास अधिकृत भण्डारीले सुनाए ।
कृषि थोक बजारबाट नियमित रूपमा नमूना संकलन गरी मुख्य गरी कार्बामेट र अर्गानोफस्पेट २ समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले उल्लेख गरे । यी विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने भएको हो ।
तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ । विषादीको मात्रा अनुसार तत्काल खानयोग्य, केही समय राखेर खानयोग्य र खान अयोग्य भनेर छुट्याइनेछ । परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरी विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिनेछ ।
कावासोतीस्थित कृषि थोक बजारमा हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार बजार लाग्ने गर्दछ । यसैगरी, यहाँ रहेका थोक बिक्रेताले बाहिरबाट तरकारी तथा फलफूल आयात गरी स्थानीय बजारमा नियमित रूपमा बिक्री गर्ने गर्दछ । जिल्लाका उत्पादन भएका तरकारीसमेत यहाँबाट बाह्य जिल्ला निर्यात हुनेसमेत गर्दछ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया