पलेशालाई एनसेलको १० लाख सहयाेग

समाधान संवाददाता २०८१ भदौ २० गते १३:३१

पोखरा ।

Advertisement

पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।


पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख र अरु सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकलाई थप १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

Advertisement


एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुरुप यो सम्मान गर्न लागेको जनाएको छ । एनसेलले गत वर्षदेखि एनपिसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।


खेलाडी पलेशाले तेक्वान्दोको यात्रा सुरु गरेको हिजो जस्तो मात्र लाने जनाउँदै देशकै लागि ऐतिहासिक पहिलो पदक पाएकोमा गौरव बोध भएको सुनइन् । ‘मैले सपना देख्ने हिम्मत गरेँ र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु,’ उनी भन्छिन्, ‘यो पदक मेरो होइन, देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु ।’

Advertisement


एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरवको विषय भएको जनाए । उनले भने, ‘यो जित नेपालको र सबै खेलाडीको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपिसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’


एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी सिएसआर) अन्तर्गत एनपिसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीकोे समग्र तालिम, विकास तथा प्रशिक्षणका लागि सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया