बाटुलेचौर तीज मेलाको रौनक

पोखरा ।
पोखरा १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को संरक्षकत्वमा स्थानीय वडहरबोट आमा समूहले मेला आयोजना गरेको हो ।
बाटुलेचौर खेल मैदानमा हुने मेला बुधबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सुरुआत गरे । मेला शुक्रबारसम्म चल्नेछ । कार्यक्रममा मन्त्री थापाले सांस्कृतिक मेला, महोत्सवले स्थानीय पहिचानलाई विश्वमाझ पु¥याउने बताए । उनले पोखराको बाटुलेचौर प्राचीन मेला स्थल रहेको सुनाउँदै यसको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए ।
संस्कृति संरक्षणमा नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिदै मन्त्री थापाले कला, संस्कृति हराए मानव अस्थित्व नै हराउने उल्लेख गरे । कार्यक्रममा मन्त्री थापाले ह्यान्डबलका अन्तर्राष्ट्रिय खेलाडी विशाल बस्नेतलाई सम्मान गरे ।
मुल व्यवस्थापन समितिका संयोजक वडा सदस्य राजकुमारी बानियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले तीज मेला वाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको जानकारी दिए ।
कार्यक्रममा कृषिविज्ञ वेनीबहादुर बस्नेत, पूर्वसंयोजक गुमादेवी गौतम अधिकारी, हिमालय क्लबका पूर्वअध्यक्ष मोहन थापा, बडहरबोट आमा समूहकी अध्यक्ष कमला तिमिल्सिना, मुल समिति सदस्य भीमबहादुर गायक लयायतले बोलेका थिए ।
हरिदेवी तिमिल्सिनाले हम्काइलो भाका प्रस्तुत गरेको कार्यक्रममा संरक्षण आमा समूहले तिज नृत्य, अन्नपूर्ण बाल आश्रम, बालशिक्षा प्रिस्कुलका बालबालिकाले नृत्य तथा स्थानीय ज्योति बस्नेतले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायक राम्जी पौडेल र सुनिता नेपालीले चर्चित तीजे गीत प्रस्तुत गरे भने झलकमान सारंगी पाठशालाका विद्यार्थीले सारंगी धुन सुनाए ।
मेलामा बुधबार ह्यान्डबल प्रतियोगिता भएको छ भने बिहीबार अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम हुनेछ । अन्तिम दिन शुक्रबार तीज गीत तथा नृत्य प्रस्तुति रहने प्रचारप्रसार उपसमिति संयोजक सञ्जय थापाले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया