युनाइटेड क्लबमा लोकको नेतृत्व

समाधान संवाददाता २०८१ भदौ २० गते १३:४३

पोखरा ।
युनाइटेड क्लब पोखराको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि थापालाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

Advertisement


वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, द्वितीय उपाध्यक्ष सूर्यबहादुर बानियाँ, महासचिव दिनेश सुनार, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की र सहकोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भए ।

कार्यसमिति सदस्यमा विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, शिव थापा, पदमबहादुर कार्की(विजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिमबहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा छन् ।

Advertisement


क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्वअध्यक्ष सुकबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराएको छ ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले युनाइटेड क्लबले सामाजिक कामको माध्यमबाट आफूलाई अब्बल बनाउन सक्षम भएको जनाए ।

Advertisement


पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब पोखरामा स्थापना भए पनि नेपालभर सामाजिक काममा अब्बल बनेको उल्लेख गरे । क्लबका संस्थापक अध्यक्ष बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेन्डा खुला चिडियाखानाले चिडियाखानाको रुपमा नभई उद्धार केन्द्रको रुपमा विकास भइरहेको बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अमरसिंह मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण कोइराला, समाज कल्याण परिषदका अध्यक्ष राजेन्द्रबहादुर कार्की, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र घिमिरे, सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिए ।


युनाइटेड क्लबको सुरुवातका दिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व सल्लाहकार विश्वप्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई समारोहमा सम्मान गरिएको छ । सभाले क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सूर्यबहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारको महासचिवको प्रतिवेदन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया