मुस्ताङ—डोल्पा सडकमा सकस

सुन्दरकुमार थकाली २०८१ भदौ २१ गते १३:१८

जोमसोम ।
बाढीपहिरो र नदी कटानले २ महिनादेखि अवरुद्ध बनेको मुस्ताङ डोल्पा सडक खोल्न पहल सुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा डिभिजन सडक कार्यालय बागलुङ अन्र्तगत अवरुद्ध सडक खोल्न पहल सुरु भएको हो ।
२ महिनाअघि असारको दोस्रो हप्ता सीमावर्ती गाउँ साङ्तादेखि करिब ५ सय मिटर पश्चिमको ढोन्डोकलुम्ब ठाडो खोलामा आएको बाढीपहिरो र नदी कटानले सडक बिग्रिएको थियो । बाढीले सडक खोतल्दै करिब ५ मिटर क्षेत्रमा गल्छी बनेको थियो ।
वडाध्यक्ष गुरुङले २ महिनादेखि अवरुद्ध बनेको सडक खोल्न बिहीबारदेखि उपकरण प्रयोग भएको बताए । वडाध्यक्ष गुरुङले तत्कालका लागि बाढीले अवरुद्ध ढोन्डोकलुम्ब खोलाको सडकमा ढुंगा र गेग्रान माटो फिलिङ गरेर सडक पुन सञ्चालनमा ल्याइएको सुनाए ।

Advertisement

‘बाढीले क्षतिग्रष्त सडक मर्मत भएको छ, अब साङ्ता गाउँदेखि डोल्पातर्फको सुकसम्बसम्म मोटर पुग्ने भएको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘त्यहाँबाट मुस्ताङ—डोल्पा सीमानासम्म पुग्न सुकसम्बमा पुल बनेको छैन, पुल बनेको भए सिधै सिमानासम्म पुग्न सकिन्थ्यो ।’ वडाध्यक्ष गुरुङले हिउँदमा सुकसम्ब खोलाको सतह घटेपछि मात्रै सीमावर्ती याकखर्कसम्म मोटर लैजान सकिने उल्लेख गरे ।


अहिले त्यहाँ पुल नहुँदा सुकसम्बबाट पैदल हिडेर सीमाक्षेत्र याकखर्क पुग्न करिब २ घन्टा समय लाग्छ । यसअघि मुस्ताङ—डोल्पा सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङ आएर मालसमान ढुवानी गर्न र मुस्ताङ—डोल्पा आउजाउ गर्न असहज भएको थियो । उपल्लो डोल्पाका नागरिकलाई सदरमुकाम दुनैभन्दा मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न छोटो र सहज हुन्छ ।

Advertisement


त्यसो त उपल्लो डोल्पाबाट भेडाच्यांग्रा र याकचौरी बिक्रीका लागि उपल्लो डोल्पाका व्यापारी तथा पशुपालकले मुस्ताङ ल्याउने गर्छन् । दुवै जिल्ला मुस्ताङ र डोल्पालाई सडक कनेक्टिभिटीले जोड्न २०७५÷०७६ सालदेखि झन्डै आधा दर्जन प्याकेजमा ठेक्का सम्झौता भई सडक निर्माणको काम सुरु भएको थियो । गत वर्ष मुस्ताङ र उपल्लो डोल्पाको सिमानामा पर्ने साङ्ता गाउँदेखि सुकसम्बदेखि माथि अग्लो कडा चट्टान काटेर नयाँ ट्याक खुलाइएको थियो । गत वर्ष सुकसम्बबाट २० किलोमिटर नयाँ सडक ट्याक खोलेर मुस्ताङ—डोल्पा सीमावर्ती क्षेत्र याकखर्कसम्म पु¥याएको थियो । उता, डोल्पाको छार्काताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा सडक विस्तार गरी सीमाक्षेत्र याकखर्कसम्म ल्याई पु¥याएको छ ।


जोमसोमदेखि उपल्लो डोल्पाको छार्काताङसिङ गाउँपालिकाको याकखर्कसम्मको दुरी करिब ६० किमी टाढा छ । मुस्ताङ डोल्पा रणनीतिक महत्वको सडकलाई संघीय आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुलले चरणवद्ध रुपमा निर्माण गरेको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया