एपिएफका प्रतिद्वन्द्वी पुलिस र न्यु डायमन्ड

पोखरा ।
लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफका दुवै टिम पुगेका छन् । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ टिपटप न्यु डायमन्ड युथ स्पोट्र्स क्लबको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा बिहीबार लिग चरणका खेल सकिएका छन् ।
बिहीबार बिहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमन्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमन्डले दोस्रो सेट २५–२३ र तेस्रो सेटसमेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमन्डले लिग चरणमा गण्डकी र एभरेस्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो ।
राउन्ड रोविन लिगका आधारमा भएको खेलमा ४ टिम सहभागी थिए । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमन्ड र एपिएफ यसअघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए । लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षणसरह मानिएको छ । दुबै टिमले फाइनलअघि एक अर्काको रणनीति बुझ्ने अवसर पाएका छन् । एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता, डायमन्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो । हारपश्चात एपिएफ दोस्रो स्थानमा रह्यो । एपिएफको ३ खेलबाट ६ अंक छ । एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो ।
बिहीबार भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहे पनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । योसँगै एभरेष्टले ३ खेलमा २ जित १ हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहारेको गण्डकी अन्तिममा रह्यो ।
उता, पुरुषतर्फ नेपाल पुलिस एक खेलअगावै फाइनल प्रवेश गरे पनि अन्य टिमको टुंगो भने बिहीबारमात्रै लाग्यो । बुधबार निर्धारित समय अनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि बिहीबार बिहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । एपिएफको २ खेलबाट ६ अंक छ । उता, पुलिसको पनि ६ अंक नै छ । दुवै टोलीको समान ६ अंक रहे पनि शीर्षको होडमा लिग चरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेलसमेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १–१ सेट जिते । पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९–२५ ले पछि प¥यो ।
प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो । तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो । योसँगै गण्डकीको ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया