माछापुच्छ्रे माविका प्रअ आचार्यलाई ५० हजार राशिको उत्कृष्ट शिक्षक पुरस्कार

पोखरा ।
नटराज ट्राभल्सका संस्थापक तथा प्रसिद्ध पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्झनामा स्थापना भएको पिपी प्रसाई फाउन्डेसनले बिहीबार शिक्षा र पर्यटन क्षेत्रमा योगदान पुर्याउने शिक्षक, विद्यालय लगायतलाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट शिक्षक पुरस्कार २०८१ गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यलाई सम्मान गरिएको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
शिक्षा मन्त्री विद्या भट्टराईले आचार्य लगायतलाई पुरस्कार प्रदान गरिन् ।। प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ट विद्यालय पुरस्कारसहित नगद प्रदान गर्दै आएको छ ।
गण्डकीबाट आचार्यसहित यो वर्ष कोसी प्रदेशस्थित फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताल र लुम्बिनी प्रदेशबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कँडेल, कर्णाली प्रदेशबाट अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोक कुमार राई र सुदूरपश्चिम प्रदेशबाट सरस्वती माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीलाई समेत ५० हजार राशिको उत्कृष्ट शिक्षक पुरस्कार–२०८१’ प्रदान गरिएको हो ।
करिब ५ दशक नेपालको पर्यटन व्यवसायमा योगदान पुर् याएको भन्दै स्वर्गीय श्यामबहादुर पाण्डेलाई राजधानीमा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा मरणोपरान्त पिपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो । पाण्डे होटल संघ नेपालका पूर्व अध्यक्ष, सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व हुन् ।
देशभरबाट आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाइ, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायत आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि फाउन्डेसनमा सिफारिस गर्छ । जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रहोत्साहन गर्न प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।
फाउन्डेसनको स्थापना २०६७ साल फागुन ६ गते भएको हो । प्रसाईंको २०५६ भदौ २० गते पोखराबाट काठमाडौं जाँदै गरेको निकोन एयरको हवाई दुर्घटनामा परी काठमाडौंको दहचोकमा निधन भएको थियो ।
यो वर्ष कोशी प्रदेशस्थित फिक्कल माध्यमिक विद्यालयका मातृका प्रसाद दाहाल, मधेश प्रदेशबाट जनता माध्यमिक विद्यालय, सिराहाका राम कृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताल र लुम्विनी प्रदेशबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कंडेल, कर्णाली प्रदेशबाट अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट सरस्वती माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीलाई समेत ५० हजार राशीको उत्कृष्ठ शिक्षक पुरस्कार–२०८१’ प्रदान गरिएको हो ।
करिव पाँच दशक नेपालको पर्यटन व्यवसायमा योगदान पु¥याएको भन्दै स्वर्गीय श्याम बहादुर पाण्डेलाई राजधानीमा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा मरणोपरान्त पीपी प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो । पाण्डे होटल संघ नेपालका पूर्व अध्यक्ष, सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व हुन् ।
देशभरबाट आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि फाउन्डेशनमा सिफारिस गर्दछ ।जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रहोत्साहन गर्न प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।
फाउण्डेसनको स्थापना २०६७ साल फागुन ६ गते भएको हो । प्रसाईंको २०५६ भदौ २० गते पोखराबाट काठमाडौं आउँदै गरेको निकोन एयरको हवाई दुर्घटनामा परी काठमाडौंको दहचोकमा निधन भएको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया