एपिएफलाई भलिबल उपाधि

समाधान संवाददाता २०८१ भदौ २२ गते १४:१९

पोखरा ।
लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।
नवआदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा टिपटप न्युु डायमन्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो ।

Advertisement


पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमन्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो ।


त्यसपछि डायमन्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो । यसअघि लिगचरणको अन्तिम खेलमा न्यु डायमन्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।

Advertisement


उपाधिसँगै एपिएफले नगद १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमन्डले १ लाख १ सय ११ रुपैयाँ हात पारेको छ । डायमन्ड गत वर्षको समेत उपविजेता हो ।


प्रतियोगितामा एभरेस्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेस्टले ५० हजार १ सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।
पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यसअघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो ।

Advertisement


भदौ १९ गतेदेखि चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका २ शीर्ष टिम फाइनलमा प्रवेश गरेका थिए । गत वर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेका थिए ।


अब पुरुषतर्फ विभागीय डर्बी नेपाल पुलिस र एपिएफ उपाधिका लागि उपाधि होडमा छन् । लाइट प्रोटेस्टका कारण शुक्रबार स्थगित भएको एपिएफल र नेपाल पुलिसको खेल शनिबार बिहान ११ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया