बाटुलेचौर तीज मेला सकियो

पोखरा ।
पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सकिएको छ । ४ दिनसम्म चलेको मेलाको अन्तिम दिन शुक्रबार समूहगत तीजगीत प्रस्तुत गरियो ।
पोखरा १६ भित्रका २२ टोलीले तीजगीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचारप्रसार उपसमिति संयोजक सञ्जय थापाले जानकारी दिए । सहभागी सबै टोलीलाई १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई समापन कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र कार्यक्रम संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा प्रचारप्रसारमा सहयोग गरेका सेतोपाना डट कमका कार्यकारी सम्पादक शिशिर पौडेल, रेडियो अकलाका विराज शर्मा, सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बाञ्जरा, प्रमुख खवर डटकमका सञ्जय थापा, समय नेपालका सन्देश बराल, पत्रकार रामप्रसाद पौडेल, परिवर्तन न्युजका प्रकाश अधिकारी, सोनी पिक्चर्सका नवराज थापा र प्रचारप्रसार उपसमितिका सदस्य अनिल नेपालीलाई सम्मान गरियो ।
कार्यक्रममा प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो हुनबाट जोगाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । वडाध्यक्ष तिमिल्सिनाले वडाको संरक्षकत्वमा सञ्चालित मेला सबैको समवन्यमा सफल रहेको बनेको जनाए ।
मेला व्यवस्थापन मुल समि िसंयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक बडहरवोट आमा समूहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र मुल समितिका सदस्य भीबहादुर गायक र सुनिता देवकोटाले पनि बोलेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायिका पूजा तामाङ, र रीता तिमिल्सिनाले आफ्ना चर्चित तीजे भाकामा सहभागीलाई नचाएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया