बागलुङका स्वास्थ्यकर्मीलाई तालिम

समाधान संवाददाता २०८१ भदौ २२ गते १४:३०

पोखरा ।

Advertisement

कर्मफ्लाइट्स फाउन्डेन्न नेपालको आयोजना र आइएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराको सहजीहरणमा अस्पतालकै परिसरमा ३ दिने स्वास्थ्य सम्बन्धी तालिममा सञ्चालन भएको छ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रका ४ वटा पालिका अन्तर्गतका सरकारी स्वास्थ्य संस्थाहरूमा सेवारत स्वास्थ्यकर्मीहरुलाई भदौ १७–१९ गतेसम्म प्रशामक (प्यालिएटिभ केयर) टुलकिट तालिम प्रदान गरिएको छ ।


३ दिने तालिममा प्रशिक्षार्थीलाई १९ थरीका दीर्घ रोगीलाई कसरी स्याहारसुसार गर्ने, उनीहरूको अन्तिम अवस्थामा कसरी सहजीकरण गर्ने, मृत्युुलाई सुन्दर बनाउन अप्रिय समाचारलाई कसरी प्रक्षेपण गर्ने र रोगीका परिवारलाई रोगीको उपचार, स्याहारसुसार र व्यवस्थापन गर्ने बारे सुझाव र परामर्श दिने लगायत विषयमा दीक्षित गरिएको थियो ।

Advertisement


समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद द्रोणकुमार कुँवरले यस प्रकारको विशिष्टीकृत सेवा तथा तालिम प्रदान गर्ने संस्था कर्मफ्लाइट् फाउन्डेसन र आइएनएफ नेपाल हरियोखर्क अस्पतालको प्रशंसा गर्दै अस्तपतालको उत्कृष्ट व्यवस्थापन र बिरामी समर्पित सेवा आफ्नो लागि पनि अनुकरणीय भएको र यहाँको जस्तो सेवा सुविधा ग्रामीण परिवेशका बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थामा पु¥याउने अभियानमा जोडिने सवै स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सो भेगका आवाजविहीन जनताको आवाज, आशा र भरोसा बन्नुहुन सबै स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।


अस्पतालका मेसु डा सुमन तामाङले प्रतिक्षार्थीहरुले व्यक्त गरेको उत्साहपूर्ण भावनाले वास्तवमै तालिमको उद्देश्य प्राप्त गर्नमा सघाउ पु¥याउने बताए । अस्पताल सर्भिस डाइरेक्टर डा अरुणकुमार बुढाले सन् १९९१ मा काठमाडौंको वीर अस्पतालमा ओन्कोलोजी विभागको स्थापनासँगै नेपालमा क्यान्सर रोगीहरूको लागि प्यालिएटिभ केयर सेवाहरू सुरु भएको र पछि आईएनएफले सन् २००९ देखि पोखरामा रहेको ग्रीन पास्चर अस्पतालमार्फत यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै नेपालका लागि युनाइटेड मिसन र इन्टरनेसनल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्च (आईएनसीटीआर) जस्ता अन्य संस्थाहरूसँग मिलेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

Advertisement


प्यालिटिभ केयर विभागीय प्रमुख डा सुनिता श्रेष्ठले तालिमको आयोजना गर्ने कर्मफ्लाइट्स र नेपाल इज च्यारिटी युकेलाई धन्यवाद ज्ञापन गर्दे निरन्तर सिकाई र समस्या समाधानको लागि सोधनी भएमा आफूहरू खुला विद्यालय जस्तै संधै साथमा रहने बताए । सहभागी तमानखोला गापा स्वास्थ्य संयोजक तिलबहादुर छन्त्यालले तालिममा आउनपूर्व प्यालिटिभ केयरको बारेमा आफ्नो धारणा अहिले फराकिलो भएको सुनाए ।


महिला प्रशिक्षार्थीको प्रतिनिधित्व गर्दे बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रका नर्सिङ अफिसर स्मृति कँडेलले तालिमले प्यालिटिभ केयर सम्बन्धी आफ्ना दृष्टिकोणमा खुलापन आएको सुनाइन् । आयोजकको तर्फबाट कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले तालिममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी, प्रशिक्षक टोली आइएनएस नेपाल, हरियोखर्क अस्पताल परिवार र मिठो खाना र न्यानो अतिथ्यता प्रदान गर्ने प्यालिटिभ केयर परिवारलाई धन्यवाद व्यक्त गरे ।


संस्थाका स्वास्थ्य सयोजक कृस्ण प्रसाद पाण्डेको अध्यक्षता र रेणुका कार्कीकोको सञ्चालन रहेको तालिममा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, तमानखोला गाउँपालिकाका खुंखानी स्वास्थ्य चौकी, तमानखोला आधारभूत अस्पताल, तमान स्वास्थ्य चौकी, फतमानखोला गापा स्वास्थ्य शाखा, तमान आधारभूत स्वास्थ्य सेवा केन्द्र र गर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्र, बडिगाड गाउँपालिकाका दगातुन डाँडा स्वास्थ्य चौकी, रणसिंहकिटेनी स्वास्थ्य चौकी, भीमगिठे स्वास्थ्य चौकी, दर्लिङ स्वास्थ्य चौकी, दर्लिङ बिएचएससी, ग्वालीचौर सिएचयु र निसीखोला गाउँपालिकाका राजकुट स्वास्थ्य चौकी, बोहरागाउँ स्वास्थ्य चौकी र निसी स्वास्थ्य चौकीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया