
जोमसोम ।
तिब्बतसँग सीमाना जोडिएको कोरला नाकामा दसैंअगावै अध्यागमन कार्यालय खुल्ने भएको छ । नाकाको २४ नं. सीमास्तम्भयता नेपाल सरकार अध्यागमन विभागले कार्यालय स्थापना गर्ने तयारी गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
यसअघि कार्यालयले अध्यागमन स्थापना गर्न गृह मन्त्रालयलाई पटक पटक पत्राचार गरेको थियो । ‘हामीले गृह मन्त्रालयलाई नाकामा इमिग्रेसन राख्नुपर्छ भनेर पत्रचार गरेका थियौं,’ प्रजिअ पन्तले भने, ‘हामीले राखेको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । सकभर चाँडै हुन्छ, नत्र दसैंअगावै त्यहाँ इमिग्रेसन कार्यालय बस्छ ।’
अध्यागमन कार्यालय स्थापनापछि किनमेलका लागि चीन जाने नेपालीको अभिलेख राख्न तथा आयात तथा निर्यातमा सहज हुृनेछ । कोरला नाकामा गत वर्ष गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले ६ कोठे भवन निर्माण गरेको थियो । सोही भवनमा अध्यागमन र सुरक्षाकर्मी राख्ने तयारी छ ।
‘नाकामा हाम्रो पूर्ण संरचना बनेका छैनन्, तत्कालका लागि दिउँसो त्यही अस्थायी ६ कोठे भवनमा कर्मचारी र सुरक्षाकर्मी बस्ने छन् र साँझ नेचुङमा झर्ने छन्,’ प्रअिज पन्तले भने, ‘नेचुङ—कोरला आउजाउ गर्ने गरी कार्यालय सञ्चालन र आवासको व्यवस्थापन मिलाउनेछौं ।’ अध्यागमनपछि क्वारेन्टानसहितका अरु पूर्वाधार बनाइने उनको भनाइ छ ।
कोभिडको समयमा लगातार ४ वर्षसम्म कोरलानाका चीनले एकतर्फी रुपमा बन्द गरेको थियो । गत वर्षको पुस २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई नाका खुला गरिएको थियो । चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गरिएको छ ।
वारागुङमा १ सय र घरपझोङमा १ सय गरी २ सय जनालाई पास वितरण भएको छ । थासाङ गाउँपालिकाबासीलाई पनि सीमापार पास वितरणका लागि समन्वय गरिँदै छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया