७७ वर्षमा पूरा भयो पुस्तक निकाल्ने रहर

पोखरा ।
७७ वर्षकी महिलाले सिर्जना गरेको ‘जिन्दगीका पानाहरु’ पुस्तक शनिबार सार्वजनिक भएको छ । पोखरा ३२ सातमुहाने देउराली निवासी बिमला अधिकारीको सो कृति गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सार्वजनिक गरे ।
उनले पुस्तक आमाहरुको जीवनका भोगाइ र अनुभवको संगालो भएको औंल्याए । सो कृतिले पछिल्लो पिंढीलाई विगत बुझ्न सहयोग गर्ने बिखर्चीको भनाइ छ । कुलपति खड्काले तीज पर्वलाई सिर्जनासँग जोड्ने भएकाले यो कृति विशेष भएको भन्दै सर्जक अधिकारीलाई बधाई दिए ।
२००५ मा जन्मिएकी अधिकारीले ग्रामीण महिला शिक्षाको पहुँचभन्दा बाहिर भएको समयमा पनि ९ कक्षासम्म पढेकी थिइन् । पढ्ने रहर हुँदाहुँदै पनि थप शिक्षा आर्जन गर्न नसकेको र अहिले सिर्जनात्मक रहर पूरा भएको उनले जनाइन् । कृतिमा महिला अधिकार, वातावरण, समाज, नीति र विधिका साथै आफ्ना भोगाइहरु समेटिएको उनले सुनाइन् ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो कृति सबैका लागि प्रेरणादायी बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया