‘जुद्ध शमशेरका नाममा…’ बजारमा

पोखरा ।
कवि चैतन्य अधिकारीले कविताको दोस्रो कृति ल्याएका छन् । उनको ‘जुद्ध शमशेरका नाममा…’ कविता संग्रह शनिबार पोखरामा विमोचन भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठ, परिवारका अध्यक्ष उपेन्द्र पौडेल लगायतले विमोचन गरे ।
केमिकल इन्जिनियर अधिकारीको यसअघि झरीको किनार कविता कृति प्रकाशित भएको छ । कवि अधिकारीले आफूले लेखेका कविता भए कि भएनन् भन्ने जिम्मा पाठकको भएको बताए ।
विमोचनपछि साहित्यकार सरुभक्तले साहित्य संख्यात्मक रुपमा धेरै हुनुभन्दा थोरै भए पनि गुणात्मक रुपको र दीर्घजीवी हुनु साहित्यको शक्ति भएको विचार व्यक्त गरे । उनले गणतन्त्रको युगमा जुद्ध शमशेरको नाम राखेर कविता संग्रह निकाल्नु ठूलो आँट भएको टिप्पणी पनि गरे ।
राणा शासनको कुरा गर्दा बिम्वको रुपमा सबैभन्दा धेरै जंगबहादुरको नाम आउने गरेको उनले सुनाए । जुद्ध शमशेर जंगबहादुरपछि सम्भवत सबैभन्दा महत्वपूर्ण राणा प्रधानमन्त्री भएको उनको भनाइ थियो । महत्वपूर्ण घटनाक्रमसँग उनी जोडिएको सरुभक्तले बताए ।
कवि तीर्थ श्रेष्ठले कविलाई बलियोसँग उभ्याउने उसकै कविता भएको विचार राखे । चैतन्यलाई ‘हल्लाहरुभन्दा धेरै टाढा आफ्नै सुरमा झरिरहेको झर्ना’को संज्ञा कवि श्रेष्ठले दिए । समीक्षक सञ्जीव पौडेलले ससाना विषयलाई भावमय ढंगले प्रस्तुत गर्ने क्षमता कवि चैतन्यमा रहेको बताए ।
एकातिर साहित्य, अर्काेतिर विज्ञान र त्यसपछि व्यवस्थापनको कर्म गरी चैतन्यको व्यक्तित्व ३ खुट्टेमा अडिएको उनका साथीसमेत रहेका अनुसन्धाता शेखर पराजुलीले सुनाए । कवि सरुस्वती प्रतीक्षा र कौशलचन्द्र जिसीले चैतन्यका एक/एकवटा कविता बाचन गरे ।
परिवारका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता अधिकारीले स्वागत र सहसचिव शिव त्रिपाठीले सञ्चालन गरे । पुस्तकलाई साहित्यपोस्ट (इ) दैनिकको माउसंस्था शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो । ६५ थान कविता संग्रहित कृतिको मूल्य ३ सय ५० रुपैयाँ छ ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया