घरपझोङ गाउँपालिकामा अध्यक्ष कप सुरु

समाधान संवाददाता २०८१ भदौ २३ गते १६:५८

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबारदेखि वडास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप मुस्ताङको घरपझोङ—५ ठिनीमा यसैवर्षदेखि ‘अध्यक्ष कप’ खेलकुल प्रतियोगिता सुरुवात गरिएको हो ।

Advertisement


पछिल्लो सयम वैदेशिक रोजगारका क्रममा बढ्दो युवा पलायन भइरहेको अवस्थामा गाउँपालिकाले युवा पलायनलाई सकेसम्म न्यूनीकरण गर्न खेलकुद क्षेत्रको विकास गर्ने रणनीति लिएको हो ।

युवाहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने तथा उनीहरुको खेलकुदप्रतिको रुचिलाई मुखरित गर्नु र युवावर्गहरुमा खेल क्षमताको विकास गर्ने लक्ष्यसहित ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता आयोजना गरिएको जनमुक्ति युवाक्लबका अध्यक्ष संञ्जय थकालीले जानकारी दिए ।

Advertisement


मुस्ताङमा आयोजित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ अन्र्तगत भलिबल खेल र स्थानीय सादा धनुषवाण (तारा) खेल प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष थकालीले बताए ।


बर्सेनि आलोपालो सञ्चालन हुने गरी सुरु गरिएको प्रथम अध्यक्ष कप २०८१ को पहिलो आयोजना गर्ने मौका घरपझोङ वडा नम्बर ५ ले पाएको छ । भलिबलतर्फ ५ वटै वडाबाट अनिवार्य एक/एक टिम सहभागी हुने व्यवस्था गरिएको छ । स्थानीय सादा धनुषवाण (तारा) खेलतर्फ ५० वर्ष भन्दामाथि ५० वर्षभन्दा मुनि उमेर समूहलाई फरक÷फरक तरिकाले खेल सञ्चालन हुने वडाध्यक्ष प्रदीप थकालीले बताए ।

Advertisement


गाउँपालिका अन्तर्गत वडागत रुपमा आयोजना हुने भलिबल खेलको च्याम्पियनले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ५० भन्दा माथि र ५० भन्दा तल्लो उमेरका खेलाडी सहभागी टिमले क्रमशः नगद २५ हजार र १५ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।


यसअघि मुस्ताङको ठिनीमा आयोजित प्रथम अध्यक्ष कप २०८१ को गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गरेका थिए । अध्यक्ष लालचनले खेलकुदको विकाससँगै, कृषि, पर्यटन र धर्मसंस्कृति जोगाउन यसप्रकारको कार्यक्रम महत्वपूर्ण हुने दावी गरे ।

तपाईको प्रतिक्रिया