भाइरल युवती ट्याटुवाली पोखराकै सजना

समाधान संवाददाता २०८१ भदौ २३ गते १७:४०

पोखरा ।

Advertisement

पोखराकी सजना तिवारी सामाजिक सञ्जालमा निकै भाइरल छन् । यतिबेला टिकटक, फेसबुक र रिलमा भाइरल सजना छाइरहेकी छन् ।लाखौं दर्शकले ,टिकटक ,फेसबुक र रिलमा भाइरल सजनालाई पछ्याई रहेका छन् ।

निकै आकर्षक पोशाकमा सजिएकी सजना शरीरका विभिन्न भागमा खोपिएको ट्याटुका कारण धेरैको रोजाईमा परेकी छन् । सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने दुबै हातमा समेत विभिन्न आकृतिका आकर्षक ट्याटु खोपेकी छन् ।

Advertisement

ट्याटुकै कारण सजनालाई यतिधेरै भाइरल होला जस्तो लागेको थिएन ।तर उनकै संगिनी स्वस्तिका भट्राई÷गैरेले टिकटकमा सजनाको नाचेको भिडियो राखे पछि सजना एकाएक भाइरल हुन पुगिन् । सजनाकै टिकटक ,रिल र फेसबुकमा पेजमा लाखौंको संख्यामा दर्शकले भिडियो हेर्नुका साथै सेयर समेत गरिरहेका छन् ।

सजनाले दुई महिना भन्दा बढी समय लगाएर शरीरमा ट्याटु खोपेकी थिइन् । ट्याटुबाट चर्चामा आउँदा आफूलाई खुसी लागेको समेत सजना बताउँछिन् । सजना अझै ट्याटु खोप्न बाँकी रहेको र समय मिलाएर खोप्ने समेत बताउँछिन् । आफ्नो भिडियो भाइरल भएपछि सजना आफै समेत अचम्ममा परेकी छन् । भाइरल सजनालाई यतिबेला शुभेच्छुकहरुको फोन र म्यासेज रिप्लाई गर्न भ्याई नभ्याई भईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया