कृष्टिनालाई मिस मगरको उपाधि

समाधान संवाददाता २०८१ भदौ २४ गते १०:५०

पोखरा ।
निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छन् । एसटी क्रियसनको आयोजनामा भएको ग्रान्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् ।

Advertisement


उपाधिसँगै उनले ताज पहिरिइन् । नगद १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात परिन् । उपाधिसँगै यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद ५० हजार प्राप्त गरिन् । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् ।


सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् । थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद १५ हजार हात पारिन् ।

Advertisement

रश्मिले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्ड पनि जितिन् । भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद १० हजारसहित पुरस्कृत भइन् । उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् ।


उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् ।
यसैगरी मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाडौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् ।

Advertisement


देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्रान्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतिको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए ।


उनका अनुसार ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए ।


ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने समगर समुदायम आधारित चलचित्र खुस्माका नायक धीरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायतके सहभागिता थियो । उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दीक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी थियो ।


नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा सम्पन्न भएको सो कार्यक्रममा निट डेन्टल केयर प्रालि, आइवा एजुकेसन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालि, युमे जापानिज ल्याङग््व्येज, सोल फेशन, परिचय एड्भटाइजिङ, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग थियो ।

तपाईको प्रतिक्रिया