मन्त्री थापाका सय दिने उपलब्धि सार्वजनिक
गण्डकी प्राविधिक शिक्षालय निर्माण गर्न साढे १ अर्बको सम्झौता

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुकुमार थापाले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । उनी ०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नियुक्त भएका थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै थापाले समाल्दै आएको स्वास्थ्य मन्त्रालय फुटाएर अर्को मन्त्रालय बनाएका छन् ।
मन्त्री थापाले सामाजिक विकासतर्फ र स्वास्थ्यतर्फ गरेका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले सार्वजनिक गरेका अधिकांश काम अनुदान वितरणमा केन्द्रित छ । उपलब्धि विवरणमा मन्त्रालयको निर्देशिका बनाउने, स्वीकृत गर्ने र विभिन्न ठेक्का लगाउने र सम्झौता गर्न उनले तीन महिना खर्चिएको देखिन्छ ।
मन्त्री थापाले शिक्षातर्फ औद्योगिक क्षेत्रमा पेशागत जनशक्ति भएका तह र हालसम्म राष्ट्रिय सीप प्रमाणित नभएका सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गरेका छन् । जसमा आतिथ्य उद्योग, अटो मोबाइल इन्जिनियरिङ, कृषि निर्माण पेशागत गरिएको छ ।
मन्त्री थापाले मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालयहरुको प्रयोगशाला एवं उपकरणहरुको उचित व्यवस्थाका लागि १० वटा विद्यालयलाई अनुदान वितरण गरेका छन् ।
मन्त्री थापाले कोरिया अन्तर्राष्ट्रिय नियोग नेपाल कार्यालयका कन्ट्री डाइरेक्टरसहितको प्रतिनिधिमण्डलमार्फत गण्डकी प्राविधिक शिक्षालय निर्माण सम्झौतालाई उपलब्धिमा समेटेका छन् । मन्त्री थापाले यसबिचमा गण्डकी प्राविधिक शिक्षालय निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने सम्झैता भएको सुनाए ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका २५ वटा विद्यालयलाई सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराएको जानकारी पनि दिए । फ्राइडे फर फियुचर कार्यक्रममार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।
फ्राइडे फर फियुचर कार्यक्रममार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको निर्देशिका तयार
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे । मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरुको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशील बनाई महत्वपूर्ण काम गरिरहेको बताए ।
मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास एवं प्रवद्र्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए । श्रम तथा रोजगार तर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको उनले सुनाए ।
व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सिपमूलक क्षेत्रको पहिचान गरी स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए ।
‘गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ,’ उनले भने ।
सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशील बनाउन काम गरिएको उनले बताए । खेलकुदका विभिन्न संघसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अगाडि बढाउने काम भएको मन्त्री थापाको भनाइ छ ।
द्वन्द्वपीडित बेपत्ता, घाइते, अपांग, सहिद परिवार र विपन्न महिलाहरुको उद्यम, व्यवसाय तथा रोजगारी प्रवद्र्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको उनले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकहरुलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवं पुनःस्थापना कार्यक्रम मन्त्रालयले सञ्चालन गरेको छ ।
क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए । बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपिडी सेवालाई विस्तार गरिएको जनाए ।
गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविकामार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्णसंस्थागत सुत्केरी प्रदेश अभियान सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम सञ्चालनमा गरिएको उनले बताए ।








सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया