आत्महत्या कसरी कम गर्ने ?
बाहिरी रुपमा हेर्दा आत्महत्या व्यक्तिगत विषय लाग्छ । त्यसको पछाडि सामाजिक पक्ष र व्यक्तिको परिवेश, सामाजिक दबाब मुख्य कारण हुने अनुसन्धानहरुले देखाएका छन् । उपन्यासकार गुरुप्रसाद मैनालीले आफ्नो उपन्यास ‘गौरी’मा गौरीको आत्महत्या हुनु सामाजिक कारण उल्लेख गरेका छन् । गौरीको सानै उमेरमा विवाह हुन्छ । श्रीमानको निधन हुन्छ । पुनर्विवाह नगरी आजीवन विधवा बस्नुपर्ने विश्वासका कारण गौरीले आफ्ना भौतिक चाहनाहरु पूरा गर्न पाउँदिनन् ।
जब गौरीले सामाजिक विश्वास उल्लंघन गरिन्, तब उनी समाजको घेराबन्दीमा पर्छिन् र उनलाई समाजले आत्महत्या गर्न बाध्य बनाउँछ । त्यसैले आत्महत्यासँग सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक लगायतका कारण जोडिएर आएको पाइन्छ ।
आत्महत्या रोकथामका लागि विभिन्न रणनीति अवलम्बन गर्दै आएको भए पनि धार्मिक विश्वासलाई कमै चर्चा गरेको पाइन्छ । धार्मिक विश्वास र त्यसका राम्रा पक्षलाई पनि अनुसरण गरेको खण्डमा आत्महत्या रोकथाममा उलेख्य भूमिका रहनेछ । यस आलेख हिन्दू, बौद्ध र मुस्लिम धर्मले आत्महत्यालाई कसरी लिएका छन्, आत्महत्या रोकथाम गर्न यी धर्महरुले कसरी भूमिका खेल्न सक्छन् छन् भन्नेमा केन्द्रीत छ ।
विश्वको कुल जनसंख्यामध्ये हिन्दुको संख्या करिब १६ प्रतिशत छ । हिन्दुहरु भारत र नेपालमा बढी बसोबास गर्दछन् । मुस्लिमको संख्या २३ प्रतिशत छ । विश्वमा ४६ भन्दा बढी देशमा मुस्लिमहरुको बसोबास रहेको छ । इन्डिोनेसिया, पास्तिान र भारतमा मुस्लिमको बाहुल्य छ । बुद्ध धर्म मान्नेहरुको संख्या ७ प्रतिशत रहेको छ । कम्बोडिया, थाइल्याड, चीन जस्ता राष्ट्रहरुमा बुद्ध धर्मको बढी आस्था गरिन्छ ।
सन् २०१८ मा प्रकाशित एक लेखमा विश्वका हिन्दु धर्म मान्ने व्यक्तिहरुको आत्महत्याको दर प्रति लाखमा २१ जना भएको जनाएको छ, जुन विश्वव्यापी औषतभन्दा धेरै हो । त्यसैगरी, अर्को एक लेखमा मुस्लिम समुदायको आत्महत्याको दर प्रति लाखमा १० जना रहेको जनाएको छ । बुद्ध धर्म मान्ने समुदायको आत्महत्याको दर भने प्रति लाखमा ६ जना रहेको अनुसन्धानले जनाएको छ । यसरी हेर्दा मुस्लिम र बौद्ध धर्मप्रति आस्था राख्नेहरुको तुलनामा हिन्दु धर्मप्रति आस्थावानहरुको आत्महत्याको दर बढी छ । बौद्ध धर्मप्रति आस्था भएको देशहरुमा आत्महत्या तुलनात्मक रुपमा कम छ ।
हिन्दू धर्मको आस्था नैतिकता र दर्शनमा आधारित छ । वेदलाई हिन्दू धर्मको ज्ञानको सोतकोपमा लिइन्छ । त्यसबाहेक गिता, उपनिषद्, रामायण, महाभारत जस्ता ग्रन्थलाई विश्वासका मुख्य आधार बनाएको पाइन्छ । हिन्दू धर्मले जीवित वस्तुमा आत्मा हुन्छ भनी स्वीकार गरेको छ । प्रत्येक आत्मा अनन्त छ । यो कहिल्यै नाश हुँदैन । आत्म जन्म र मृत्युको अनन्त चक्रमा घुमिरहन्छ भनी स्वीकार गरेको छ । जब व्यक्तिको निधन हुन्छ, तब उसको शरीरबाट आत्मा सुक्ष्म रुपमा अर्कोमा सर्छ भनिएको छ ।
आत्महत्यासँग सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक लगायतका कारण जोडिएर आएको पाइन्छ । कुन धर्मले आत्महत्याबारे के भनेका छन् ?
जीवनलाई इश्वरीय उपहारका रुपमा लिइएको छ । जीवनको अर्थ भएको उल्लेख गरेको छ । जसले राम्रो काम गर्छ, उसको मरण पनि राम्रो हुन्छ भनिएको छ । आधुनिक हिन्दू समाजमा आत्महत्यालाई अतिरन्जित गरी प्रकाशन गर्ने चलन छ । जसले आत्महत्या गर्छ, उसैलाई नै दोषीको हेरिन्छ र व्यक्ति नर्कमा जान्छ भन्ने विश्वास छ । हिन्दू संस्कार अनुसार गरिने कर्म कान्डहरुमा आत्महत्या गरेर ज्यान गुमाएकाहरुलाई विभेदपूर्ण व्यवहार गरिन्छ ।
जीवनप्रति सकारात्मक सोचाईको विकास गर्न व्रत, प्रार्थना, सामूहिक प्रवचनहरुमा व्यक्तिलाई सहभागी गराई सामूहिक हिलिङ लगाउने चलन हिन्दू समाजमा रहिआएको छ । शरीर बिरामी भए जस्तै मन पनि बिरामी हुन्छ, त्यसैले मनको उपचारको लागि मनको कुरा सुन्ने र सुनाउनेमा जोडदिएको छ । साथै, योग, प्राणायम, व्रत, मन्त्र, सामूहिक प्रवचन र सत्संगले चित्तलाई एकत्रित गराउने र मनमा आउने नकारात्मक तरंगलाई व्यवस्थापन गरी आत्महत्याका घटनाहरु रोक्न सकिने उल्लेख छ । जीवनमा जे भयो, त्यो राम्रो भयो । जे हुदै छ, त्यो राम्रै हुदै छ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ । तिमी भूतकालको पश्ताप नगर, भविष्यको पनि चिन्ता नगर भन्नेलाई सन्देशलाई हिन्दू धर्मले बढी प्राथमिकता दिन्छ ।
बुद्ध धर्मले मानव शरीरलाई बुद्धको एक पाटोको रुपमा लिएको पाइन्छ । मानिस कसरी मर्छ भन्दा पनि कसरी वाँच्छ भने बिषयलाई बढी दिएको छ । बुद्धको पञ्चशिलाले अरुको हत्या गर्ने, चोर्ने, झुट्टो बोल्ने, लागुऔषध तथा मादक पदार्थको सेवन, गलत यौनजन्य हिंसालाई स्वीकार गरेको छैन । त्यसैले आफू र अरुप्रति गरिने हिंसालाई पनि बुद्ध दर्शनले स्वीकार गरेको छैन ।
आत्महत्यालाईृ दुख अन्त्य गर्ने उपचार होइन भनी उल्लेख गरेको छ । बुद्धका आधारशिलाहरु जस्तै सत्य विचार, सत्य दृष्टिकोण, सत्य बोली, सत्य कार्य, सत्य जीवन निर्वाह, सत्य कार्य, सत्य सजगता, सत्यमा ध्यान गर्नुले हुनुपर्ने जोएिको छ ।
आधुनिक उपचारात्मक पद्धतिमा बुद्ध दर्शनका मुख्य विमिा ध्यान र बौद्ध दर्शनको तालिमको संयोजनलाई विशेष आदर्शका साथ हेरिएको छ । ध्यानको लक्ष्य भनेको शान्त र मानसिक स्थिरता हुनु हो । जसले व्यक्तिहरुमा रिस र हिंसात्मक भावनाहरुलाई नियन्त्रण गर्न सक्छन् । जीवनप्रतिको नकारात्मक सोच रोक्ने उत्तम उपाय हुन् भनी बुद्ध धर्मले मानेको छ ।
मुस्लिम धर्म ग्रन्थ कुरानले अल्लाहलाई भरोसा गर्न र धैर्य गर्न सुझाएको छ । कुरान भन्छ, ‘आफूलाई वा एक अर्कोलाई नमार । अल्लाह तपाईका लागि सधैं दयालु हुनुहुन्छ ।’ यो सिद्धान्तले दुखको समयमा पनि जीवन जोगाउनुको महत्वलाई जोड दिन्छ । त्यसैले जीवन अनमोल छ भनेर बुझ्दा व्यक्तिहरुलाई कठिन समयमा अर्थ खोज्न मद्दत गर्छ । आत्महत्यालाई मनोवैज्ञानिक समस्या र जीवनको तनावको परिणामका रुपमा हेरिएको छ ।
ससिया मुस्लिमले भनेका छन्, ‘जसले आफैंले आफैंलाई फलामको हतियारले मार्छ, उसलाई अल्लाहले समातेर नरकको आगोमा पेटमा छुरा हाल्नेछन् र जसले विष पिएर आफैंलाई मार्छ, उसलाई अल्लाहले नरकको आगो खुवाउने छन् ।’ यो विश्वासले आफ्नो जीवन लिनुको आध्यात्मिक र अनन्त नतिजालाई हाइलाइट गरेर आत्महत्या गर्न निरुत्साहित गरेको छ ।
यस धर्ममा आस्था राख्नेहरुले आवश्यकताको समयमा एक अर्कोलाई सहयोग गर्न प्रोत्साहित गरेको पाइन्छ । त्यसैले मुस्लिम समुदायमा एक अर्कोको भलाइका लागि सामूहिक जिम्मेवारीमा जोड दिएका छन् । संकटको बेला संकट व्यवस्थापनका लागि संघर्ष र आध्यात्मिक वा मनोवैज्ञानिक मार्ग खोज्नेवारे खुलेर कुराकानी गर्न प्रोत्साहन यस धर्मले विश्वास गर्दछ ।
मुस्लिमहरुले आफ्नो सोचलाई सकारात्मक बनाईराख्न दैनिक पाँच नमाज गर्न आवश्यक रहेको जनाइएको छ । नमाजले अल्लाहसँग जोड्न, शान्ति खोज्न र भावनात्मक अशान्तिको समयमा शक्ति खोज्ने सहयोग गर्ने विश्वास गरिन्छछ । यसलाई ध्यानको एक रुपमा लिएका छन्, जसले मनमा शान्ति ल्याँउछ र विचार स्थिरत हुन सहयोग गर्छ ।
समग्रमा भन्दा हिन्दु, बौद्ध धर्म र मुस्लिम धर्मले आत्महत्या रोकथाम गर्न सकिने दृष्टिले हेरेको छ । यी तीनै धर्मले आत्म जागरुकता, सामुदायिक संलग्नता र आध्यात्मिक अभ्यासहरुलाई (योगा अभ्यास, ध्यान) आत्महानि निरुत्साहित गर्ने मुख्य विधिकारुपमा लिएको छ । आत्महत्या रोकथामका लागि हिन्दू धर्मबाट योगा, ध्यान, र मन्त्र जस्ता सीपलाई प्रयोगमा ल्यान सकिन्छ । हरेक व्यक्तिले आफ्नो मनोवैज्ञानिक क्षमता बढाईराख्न आफ्नो काम (कर्म) र आफनो जिम्मेवारी (धर्म) मा ध्यान दिन सकिन्छ ।
समुदायमा गरिने सामूहिक सत्संगले एक्लोपनको सोच र नकारात्मक सोचाइ कम गराउँछ । त्यसै गरी बुद्ध धर्मका केही विधि जस्तै ध्यान, श्वास प्रश्वास विधि र सजगतासम्बन्धी अभ्यासहरुले आफूले आफैलाई चिन्न मद्यत गर्छ र नकारात्मक सोचाई हटाउन सहयोग गर्छ ।
साथै, बुद्ध धर्मले दुखलाई क्षणिक हो भनेको छ । दुख जीवनको एक पाटो हो, यसलाई स्वीकार गर्नु पर्छ भनेको छ । इस्लाम धर्मले प्रार्थनाले अल्लाहसँग समन्वय हुन सहयोग गर्छ भनेको छ । जीवनको पवित्रता, परमेश्रको योजनामा भरोसा, प्रार्थना र समुदायमार्फत सान्त्वना खोज्न, इश्वरीय प्रेम र समर्थन मार्फत आशा प्रदान गर्न जोड दिएको छ ।
तपाईको प्रतिक्रिया