मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

समाधान संवाददाता २०८१ भदौ २४ गते १६:४४

पोखरा ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ ।

Advertisement


ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गराएका हुन् ।


धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

Advertisement


धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया