सिजीका सामान किन्दा १० ग्राम सुनको सिक्का जित्न सकिने
समाधान संवाददाता
२०८१ भदौ २४ गते १९:०९
पोखरा ।
सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । एसडीएले दसैँतिहार र छठ पर्वलाई लक्षित गरी नयाँ योजना ‘दसैँमा १०’ अफर ल्याएको हो ।
योजनाअन्तर्गत १० भाग्यशाली ग्राहकले १०÷१० ग्रामका १० सुनका सिक्का जित्न सक्नेछन् । योजना सिजीका साना घरायसी उपकरणमा मात्र लागु रहेको कम्पनीले जनाएको छ ।
यो योजनामा सहभागी हुन ग्राहकले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रूपमा स्क्यान गर्नुपर्नेछ ।
स्क्यान गरेपछि आफ्नो व्यक्तिगत विवरण भरेपछि मात्र योजनामा योग्य हुने कम्पनीले जनाएको छ । योजना यही भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिका निम्ति लागु हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया