रवि लामिछाने आएको कार्यक्रमस्थल पोखरा बिरौटामा सहकारी पीडितको नाराबाजी
समाधान संवाददाता
२०८१ भदौ २५ गते १३:१४

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा आएका हुन् ।
पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा रवि पार्टीको कार्यक्रमा सहभागी हुन आएका छन् । त्यहीं नै सहकारी पीडितले उनी विरुद्ध नाराबाजी गरेका हुन् । सूर्य दर्शन सहकारी पीडितको ठूलो संख्या त्यहाँ भेला भएको छ । विभिन्न नारा लेखिएका प्लेकार्डसहित नाराबाजीमा सहकारी पीडित उपस्थित छन् ।
सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै सहकारी पीडितले नाराबाजी गरेका छन् ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया