पोखराको बगाले टोलमा खुकुरी प्रहार गरेर श्रीमतिको हत्या
समाधान संवाददाता
२०८१ भदौ २६ गते १३:४१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ बगालेले टोलमा खुकुरीको प्रहारबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय राधिका कुँवरलाई आफ्नै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरेका हुन् । सामान्य पारिवारिक घर झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेकाे स्थानीयहरुले बताएका छन् ।
‘भर्खर घर बाहिर हुनुहुन्थ्यो, हामीसँग गफ पनि गर्नुभयो । एकछिन बाइकमा कहाँ गएर आउनुभयो । त्यसपछि घर जानुभएको थियो । एक्कासी हत्या भयो भनेर सुनियो,’ स्थानीय एक २७ वर्षीय युवाले भने, ‘घटना घटेको पत्यार नै लागेको छैन । रक्सी खान छाडेको धेरै भएको थियो । के विषयमा विवाद हो थाहा भएन ।’
कास्की प्रहरीले हत्यारा जरसिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
२








यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया