पोखरामा नाटक जानकी मञ्चन हुँदै

समाधान संवाददाता २०८१ भदौ २७ गते १५:५१

पोखरा ।
पद्माप्रेम थिएटरको प्रस्तुीतमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो ।


पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लाथेको हो । नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक ‘सबु’ ले लेखेकी हुन् भने गोविन्द पराजुली र शीतला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।


नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । ‘यो नाटक यही समाजमा बसेर यही समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यही समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो,’ पाठकको भनाइ छ ।

Advertisement


निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाई दर्साउँछ ।’ अर्का निर्देशक शीतला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।


नाटकमा गोविन्द पराजुली, शीतला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय छ ।

Advertisement

असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिएका छन् । पद्माप्रेम थिएटरको प्रस्तुतिमा यसअघि नाटक धनीरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यावसायिक रुपमा पनि सफल भएको थिएटरले जनाएको छ ।

तपाईको प्रतिक्रिया