पोखरा उद्योग वाणिज्य संघ निर्वाचन—कसले मार्ला बाजी ?

पोखरा ।
पोखराको निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोट आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको संघको ३५ औं अधिवेशन शनिबारसम्म चल्नेछ ।
अधिवेशनले आगमी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व लिन अध्यक्षमा गोकर्ण कार्की र अर्जुन पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । बाँकी अधिकांश मुख्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
नेतृत्वका लागि कार्की प्यानल नबनाई लड्दै छन् भने पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । शुक्रबार उद्घाटन र शनिबार हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी संघले अन्तिम नामावालीसहित कार्यतालिका घोषणा गरिसकेको छ ।
कार्की अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल २ वर्षअघि भएको ३४ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी हुन् । ३४ औं अधिवेशनमा कार्की हरिहर सापकोटालाई पराजित गरी वरिष्ठ उपाध्यक्ष बनेका थिए भने पोखरेल अहिलेका अध्यक्ष पवन प्रजापतिसँग पराजित भएका थिए ।
आमागी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा र वाणिज्य उपाध्यक्ष निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र वाणिज्य उपाध्यक्ष बलराम आचार्य सर्वसम्मत बनेका हुन् । बुद्धाचार्य हालका वाणिज्य उपाध्यक्ष, बास्तोला कोषाध्यक्ष, आचार्य महासचिव र श्रेष्ठ कार्यसमिति सदस्य हुन् ।
उपमहासचिवमा वर्तमान कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानांगबीच प्रतिस्पर्धा हुँदै छ । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेटतर्फ कार्यसमिति सदस्यमा वन्दना कार्की केसी र रामप्रसाद कँडेलको मात्र उम्मेदवारी परेको छ । उनीहरु यसअघि पनि कर्पोरेटबाट कार्यसमिति सदस्य थिए ।
औद्योगिक सदस्यमा पनि एकनारायण गौतम निर्वारोध निर्वाचित भएका छन् । ४ जनाको वस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दिएका हुन् ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जना मैदानमा देखिएका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । १४ जनाबाट १० जना चुनिनेछन् ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया