गलकोटमा पिकअप दुर्घटना हुँदा तीनको मृत्यु, एक जना घाइते

समाधान संवाददाता २०८१ भदौ २८ गते ११:१३

पोखरा ।
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । एक जना भने घाइते भएका छन् ।

Advertisement

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर छ ।

पिकअप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया